आईतवार, १० कार्तिक, २०८२

लेखनवृत्ति पुरस्कारबाट सात जना महिला पत्रकार पुरस्कृत।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १८ भाद्र, २०८१

लेखनवृत्ति पुरस्कारबाट सात जना महिला पत्रकार पुरस्कृत।

नेपालगन्ज÷(बाँके) पवन जायसवाल ।

नेपाल प्रेस युनियन बाँकेले तीजको अवसरमा सात जना महिला पत्रकारहरु  लेखनवृत्ति पुरस्कारबाट  भाद्र १६ गते पुरस्कृत भएकी छिन् । महिला पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागी आयोजना गरिएको महिला पत्रकार लेखनवृत्ति प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो । नेपाल प्रेस युनियन बाँकेका सचिव भिष्म लोधद्वारा सञ्चालित,नेपाल जडीबुटी व्यवसायी संघको सभाहलमा आयोजित नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति प्रिया ढकालको अध्यक्षतामा, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको प्रमुख आतिथ्यमा कार्यक्रम समपन्न भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रिया स्मृति ढकाल लगायतले लेखनवृत्ति पुरस्कारबाट सात जना महिला पत्रकारलाई पुरस्कृत गर्नु भएको छ ।पुरस्कृत महिला पत्रकार लेखनवृत्ति प्रतियोगितामा सरला सुवेदी प्रथम, सावित्रा विश्वकर्मा दोस्रो र आरती कंटेल तेस्रो हुनु भएको थियो । भने यसैगरी पत्रकार बिमला चौधरी, ममता थापा, साहिदा बानो र शिवानी विकले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको छ । लेखनवृत्ति प्रतियोगितामा प्रथम हुने सरला सेवेदीले नगद ५ हजार रुपैयाँ, दोस्रो साबित्रा विश्वकर्माले ३ हजार रुपैया, तेस्रो हुुनुभएका आरती कंटेललाई २ हजार रुपैया र बिमला चौधरी, ममता थापा, साहिदा बानो र शिवानी विकलाई सान्त्वना पुरस्कार स्वरुप जनही १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

‘अपाङ महिलाहरुको तीजः चाडको रौनक भन्दा परेको संघर्ष’ शिर्षकको सरला सुवेदीले लेखेको फिचर स्टोरी प्रथम, ‘आर्थिक उन्नतिको सहयात्री बनिरहेका नारी’ शिर्षकमा सावित्रा विश्वकर्माले लेखेको फिचर स्टोरी दोस्रो र ‘तीज पर्वको परम्परागत मुल्य र आधुनिक प्रभाव’ शिर्षकमा आरती कंटेलले लेखेको लेख तेस्रो भएको थियो । महिलाहरुको महान पर्व तीजसँग सम्बन्धित विषयवस्तुका बारेमा महिला पत्रकारहरुले फिचर स्टोरी र लेखहरु तयारी पार्नु भएको थियो । महिला पत्रकार लेखनवृत्ति प्रतियोगिताको निर्णायकको रुपमा तीन सदस्यीय छनोट समिति निर्माण गरिएको थियो । जसको संयोजकमा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष नीरज गौतम, छनोट समिति सदस्यमा नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह र क्रियाशिल महिला पत्रकार समूह बाँकेको कार्यबहाक अध्यक्ष साबित्री गिरी रहनु भएको थियो । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाली कांग्रेस महासमिति सदस्य डा. सुरेश कुमार कनोनिडया, नेपाली कांग्रेस बाँके सह– सचिव रेनु सिंह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, बाँके उपाध्यक्ष करुणा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी लगायतले आ–आफनो धारणा राख्नु भएको थियो । 

कार्यक्रमका प्रमसख अतिथि वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले पत्रकारिता क्षेत्रमा लागेका महिलाहरुलाई राज्यले प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भएको थियो । उहाँले भन्नु भयो,‘पत्रकारिता गर्न सहज छैन । यस क्षेत्रमा लागेको महिलाहरुलाई प्रोत्साहन गर्न प्रेस युनियनले राम्रो कामको सुरुआत गरेको छ । यसको निरन्तरताको कामना गर्दछु ।’आम पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति सत्य र सहि समाचार पहिचान गरेर मात्र सम्प्रेण गर्दा समाजमा सकारात्मक प्रभाव पार्ने मन्त्री कुर्मीले बताउनु भयो । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालले महिला पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नको लागि गत वर्ष सुरुआत गरिएको कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भएको थियो । कार्यक्रम संयोजक नेपाल प्रेस युनियन बाँके उपाध्यक्ष निशा शाहले तीजको अवसरमा आयोजना गरिएको लेखनवृत्ती प्रतियोगिताले महिला पत्रकारहरुमा नयाँ उत्साह जगाएको बताउनु भएको थियो । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा उपाध्यक्ष निशा शाहले स्वागत गर्नुभएको कार्यक्रमको उद्देश्यका बारेमा युनियनका अर्का उपाध्यक्ष कमल खत्रीले जानकारी दिनुभएको थियो भने पुरस्कार छनोटको आधार तथा मापदण्डका बारेमा संयोजक गौतमले प्रकाश गर्नुभएको थियो । सोही अवसरमा नेपाल प्रेस युनियन विशेष अंङ्कसमेत सार्वजनिक गरिएको थियो । सो बुलेटिनमा प्रतियोगितामा सहभागि लेखलाई प्रकाशित समेत गरिएको छ ।यसैगरी नेपाल प्रेस युनियनको शनिबार नेपालगञ्जमा सकिएको साधारण सभाले निर्माण गर्ने निर्णय गरिएको एनपियू कल्याण कोषका लागि मन्त्री कुर्मीले ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यस्तै साँसद पुनले ५ हजार १ सय, नेपालगञ्ज हेल्थ क्याम्पसकी पदमा थापाले ५ हजार १ सय, नेपाल तरुण दल जिल्ला सदस्य एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठन बाँकेका अध्यक्ष वीरेन्द्र सिंह ठकुरीले १० हजार १ सय ११ र नेपाल उद्योग वाणिज्य महासंघकी महिला विकास सदस्य रचना श्रेष्ठले ५ हजार १ सय रुपैया कल्याण कोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, सदस्य गौरव गिरी, नेपाली काँग्रेस महासमिति सदस्य डा.शुरेस कुमार कनोडिया, लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, बाँके जिल्ला सहसचिव रेनु सिंह ठाकुर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य सरला सुवेदी, महासंघ बाँके उपाध्यक्ष शाह, क्रियाशिल महिला पत्रकार संघ बाँके अध्यक्ष गिरी, संचारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, बाँके अध्यक्ष रुपनी जिएम, नेपाली काँग्रेस जिल्ला सदस्य पुष्पा शुक्ला, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रममा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने व्यक्तित्वलाई मायाको चिनो समेत प्रदान गरिएको सचिव भिष्म लोधले जानकारी दिनुभएको छ ।

advertisement_1760855394.gif