राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ६ श्रावण, २०८१
पाल्पा, साउन ६ । पाल्पाको बगनासकाली ८ का युवा सुशिल बस्यालले एक घर एक लालीगुँरास अभियान संचालन गरेका छन् । विगतका वर्षमा जस्तै यो वर्ष पनि बस्यालले एक घर एक लालीगुँरास अभियान संचालन गरेका हुन् ।
तेह्थुम, ताप्लेजुङ्ग लगायतका जिल्लाहरुबाट लालीगुँरासका विरुवा ल्याई पाल्पामा अभियान चलाउनुभएका बस्यालले यो वर्षपनि एकसयको हाराहारीमा विरुवा रोपण जानकारी दिए । पाल्पाको बगनासकाली, तानसेन लगायतका स्थानहरुमा लालीगुँरास रोपिसकेको अभियानकर्ता बस्यालले बताए।
लालीगुँरास नेपालको राष्ट्रिय फुल हो । लालीगुँरास अग्लो र भिरालो स्थानमा हुनेभएकोले यी क्षेत्रहरुको भूवनोट र हावापानी सुहाउँदो छ । राष्ट्रिय भावनाबाट ओतप्रोत भएका बस्यालले सानैदेखी राष्ट्रियताले भरिएका गीत, कविता, लेख, रचनाहरु लेख्ने र गाउँने गर्ने गर्थे । ‘मेरो उपनाम पनि राष्ट्रप्रेमी भएकोले राष्ट्रका लागि केही त गरौं भन्ने भावना आईरहन्थ्यो,’ बस्यालले अगाडी भने, ‘नेपालको राष्ट्रिय फुलको साथसाथै पर्यावरण तथा जडिबुटीको काममा समेत बहुउपयोगी हुने भएकोले लाँली गुँरास रोप्ने अभियान चलाएको हुँ ।’

बस्यालले चलाएको अभियानमा धेरैले साथ र सहयोग गरेका छन् । विरुवा लगाउन चाहनेहरु धेरैभएपनि सबैलाई पुरयाउन नसकिएको बस्यालको भनाई छ। नजिकमा विरुवा छैनन्, टाँढाबाट ल्याउनुपर्ने हुँदा खर्च र व्यवस्थापनमा सकस भएको सुशिल बस्याल बताए ।
‘यो फुल औषधीको लागि जडिवुटीको रुपमा समेत प्रयोग हुने भएकोले एक घर एक लाँलीगुँरास रोप्दा राम्रो हुन्छ भन्ने लागेर अभियान चलाएको बस्यालले बताए।’
तस्विरहरू

.jpg)
.jpg)
