आईतवार, १० कार्तिक, २०८२

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ७ श्रावण, २०८१

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

काठमाडौं, साउन ७ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । 

केन्‍द्रमा एमाले–कांग्रेसको नयाँ समीकरण बनेसँगै  कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार दाबि पेश गरिएको गरेका थिए । यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएपनि केन्‍द्रको निर्देशनमा आचार्यलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारिएको हो ।

मालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार दाबि पेश गरिएको गरेका थिए । प्रदेशसभामा ८७ सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्‍यक पर्छ।

advertisement_1676998982.gif