आईतवार, १० कार्तिक, २०८२

लुम्बिनीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले आज दाबी पेस गर्दै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ७ श्रावण, २०८१

लुम्बिनीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले आज दाबी पेस गर्दै

काठमाडौं, साउन ७ । लुम्बिनीका एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीका लागि आज दाबी पेस गर्दै छन् ।प्रदेश प्रमुखले  नयाँ सरकार गठनका लागि आह्वान गरेेेसँगगिरीले दाबी पेश गर्न लागेका हुन ।

 केन्‍द्रमा एमाले–कांग्रेसको नयाँ समीकरण बनेसँगै आज नयाँ सरकार बन्ने भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले हिजो आइतबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएर साँझ नै प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएपछि शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुख कार्यालय जनाएको छ।

आज सोमबार साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले सोमबार नै एमालेबाट नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । प्रदेशसभामा ८७ सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्‍यक पर्छ।

advertisement_1680627706.gif