मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

लुम्बिनी लायन्सले गर्यो जर्सी सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १ मंसिर, २०८१

लुम्बिनी लायन्सले गर्यो जर्सी सार्वजनिक

रूपन्‍देही । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले  जर्सी सार्वजनिक गरेको छ । आज शनिबार गौतम बुद्वको जन्‍मस्‍थल लुम्बिनीमा लुम्बिनी लायन्सले आफ्नो अफिसियल जर्सी सार्वजनिक गरेको हो ।

क्लबका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर नायक राजेश हमाल र विशेष अतिथि आनी छोइङ डोल्माले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे । जर्सी सार्वजनिक कार्यक्रममा लुम्बिनीका मार्की प्लेअर रोहितकुमार पौडेलदेखि अन्य खेलाडीहरु पनि सहभागी थिए । यस्तै जर्सी सार्वजनिक गरेपछि र्‍याली कार्यक्रम समेत आयोजना गरिएको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सम्पूर्ण लुम्बिनीबासीको भावना र लुम्बिनीको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई समेट्ने गरी हामीले यो जर्सीको डिजाइन गरेको बताए। ‘निलो रङ्गले सम्पूर्ण नेपालको शान्ति र समृद्घिको भावना बोकेको छ भने सुनौलो रङ्गले लुम्बिनीभित्र रहेको अखण्ड दिपको प्रतिनिधित्व गर्छ। साथै सिंहको रङ्ग पनि सुनौलो नै हुने भएकोले सुनमा सुगन्ध छाएको छ। यो जर्सी हाम्रो एकता, जोश, र उत्कृष्टताको प्रतीक हो।’-उनले भने । जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्स क्लबका ब्राण्ड एम्बास्डर राजेश हमालले क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रूपमा काम गरेको बताए।

क्यानको आयोजनामा हुने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुनेछ । यसमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg