राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १४ बैशाख, २०८०
बुटवल। नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले लुम्बिनीमा बहुमतीय सरकार गठनको दाबी पेश गरेको छ । उनीहरुले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा उम्मेदवार बनाएका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी लीला गिरीले वैशाख ११ गते प्रदेशसभामा विश्वासको मत नपाएपछि नया प्रक्रिया अगाडी बढेको हो ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने समयसीमा दिएका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा ४४ सांसदको बहुमत आवश्यक छ ।
एमालेले पनि ठुलो दल को हैसियतमा सरकार बनाउनु पर्ने दाबि पेश गरेको र धारा १६८ (३) अनुसार सरकार बनाउनु पर्ने जिकिर गरेको छ।