आईतवार, १० कार्तिक, २०८२

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै यस्तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १० जेष्ठ, २०८२

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै  यस्तो छ कार्यसूची

९ जेठ २०८२, काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ ।

शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रस्तावलाई सभामुख तुलाराम घर्तिमगरले निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

गत जेठ ५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो भने अब केही दिन नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुनेछ ।

advertisement_1760855394.gif