राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १४ भाद्र, २०८२
२०८२ भदौ १४, काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा आज शनिबार उहाँको निधन भएको हाे ।
पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो । पहिलो अपरेशनमार्फत उहाँले छोरीलाई जन्म दिनुभएकाे थियाे भने दोस्रो अपरेशनमार्फत उहाँको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।
उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन् ।