आईतवार, १० कार्तिक, २०८२

लुम्बिनी प्रदेशमा आज स्‍थापना दिवस मनाउँदै, सरकारद्वारा आज प्रदेशभर सार्वजनिक विदा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ माघ, २०८०

लुम्बिनी प्रदेशमा आज स्‍थापना दिवस मनाउँदै, सरकारद्वारा आज प्रदेशभर सार्वजनिक विदा

काठमाण्डौ। लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा आज लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

६ वर्षदेखि फागुन ३ गते मनाउँदै आएको स्थापना दिवस यसपाली भने मिति परिवर्तन अर्थात सारेर आज माघ २१ गते मनाउन लागेको हो ।

लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेश सभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । यस बर्ष भने दुईवटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय सरकारले गरेको हो ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयले प्रदेश स्थापना दिवस र सरकारको स्थापना दिवस एकै दिन मनाउन लागिएको बताउनुभयो । प्रदेश सभाको चुनाव भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले यसअघि हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो भने फागुन ३ लाई सरकार स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो । 

advertisement_1676553851.gif