राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २९ आश्विन, २०८०
नेपालगन्ज ।(बाँके) पवन जायसवाल ।
बझाङ्ग जिल्लामा गएको भूकम्प पिडितहरुका लागि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन ले ३ सय १० घर परिवारलाई राहत वितरण गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन का डिष्ट्रिक्ट गर्भनर लायन मुकुट ढकालको नेतृत्वमा गएको टोलीले दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष जनक बहादुर दौल्यालको प्रमुख आतिथ्यमा पालिकाका७ वटै वडाका भुकम्प पिडितहरुका लागि राहत वितरण गरेको छ ।
बझाङ्ग जिल्लामा गएको भूकम्पले धनजनको ठूलो मात्रामा क्षति भएको थियो । बझाङ्ग जिल्लाको दुर्गाथली गाउँपालिकाको समन्वयमा र एलसिआईएफ इमरजेन्सी ग्रान्ट अन्तर्गत दुर्गाथली गाउँपालिकाका ३ सय १० घर परिवारलाई चामल, दाल, तेल, नुन, झुल, तन्ना र पिफ्रम वितरण गरिएको छ ।
राहत वितरण कार्यक्रममा डिष्ट्रिक्ट टे«जरर लायन तेज प्रसाद अधिकारी, एओजीलायन कृष्ण प्रसाद श्रेष्ठ, कमल चौधरी, वडा अध्यक्षहरु, स्थानीय राजनीतिक दल र स्थानीय प्रहरीका प्रतिनिधिहरुको सहभागिता राहत बितरण गरिएको थियो ।