शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

मोडेल तेक्वान्दो एकेडेमी बाँकेले १४ औं जिल्ला स्तरीय प्रतियोगिता गर्ने।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ९ पुष, २०८०

मोडेल तेक्वान्दो एकेडेमी बाँकेले १४ औं  जिल्ला स्तरीय  प्रतियोगिता गर्ने।

नेपालगन्ज ।(बाँके) पवन जायसवाल ।बाँकेको नेपालगन्जमा मोडेल तेक्वान्दो एकेडेमी बाँकेले १४ औं बाँके जिल्ला स्तरीय २ दिने प्रतियोगिता गर्न लागेको पुष ९ गते सोमवार पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।नेपालगन्जको महेन्द्र रंगशालामा यही पुष २७ र २८ गते मोडेल तेक्वान्दो एकेडेमी बाँकेको आयोजनामा बाँके जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

उक्त जिल्ला स्तरीय प्रतियोगितामा ४ सय ९४ जना खेलाडीको प्रतिस्पर्धा हुने भएको मोडेल तेक्वान्दो एकेडेमीका प्रमुख तथा संयोजक होम बहादुर सुनार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । प्रतियोगितामा बाँके जिल्लाका १३ डोजाङका खेलाडीहरुको सहभागिता रहने छ । तेक्वान्दो खेलाडीहरुले आफनो क्षमता प्रदर्शन गर्नका लागी आयोजना गरिएको हो । उक्त प्रतियोगिता नेपालगन्जको महेन्द्र रंगशालाको कभर्ड हलमा हुने भएको छ ।

आइटीएफ तेक्वान्दो संघ कर्णाली प्रदेशका अध्यक्ष तथा प्रतियोगिताका संयोजक समेत रहनु भएका होम बहादुर सुनारका अनुसार खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्नुका साथै आन्तरिक तथा बाह्य खेल पर्यटनको अवधारणाको विकासमा पनि प्रतियोगिताबाट सहयोग मिल्छ । नेपालगन्जको महेन्द्र रंगशालाको कभर्ड हलमा पुष ९ गते आयोजित पत्रकार सम्मेलनमा बाँके जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष तथा नेपाल आइटीएफ तेक्वान्दो लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष वीरेन्द्र शाही, नेपाल आइटीएफ तेक्वान्दो संघ बाँकेका पुर्व अध्यक्ष रञ्जित गिरी, स्टार तेक्वान्दो एकेडेमीका राजेन्द्र केवट, कारकाँदो र सुर्जीगाउँ डोजाङका राजेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा एकल प्याटन महिला र पुरुष, महिला र पुरुषको एकल स्पाइरिङ, पुरुष २० देखि ६५ केजी तौल समूह र महिला तर्फ २० देखि ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको विजेता टिमलाई, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी, अनुशासित टिमलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने छ पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । प्रतियोगिता आयोजना गर्नका लागी करीब १४ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक होम बहादुर सुनारले बताएका छन्

प्रतियोगिता गर्नका लागी नेपालगन्जको २३ वटै वडाबाट सहयोगको अपेक्ष गरिएको छ र तेक्वान्दो खेल पे्रमीबाट पनि सहयोग मिल्ने बिश्वास लिएकौं नपुग भएका आन्तरिक स्रोतबाट खर्च गरिने छ ।उक्त प्रतियोगिताको उद्घघाटनका दिन विभिन्न किसिमका साँस्कृति झाँकीले नेपालगन्जको बजारमा नगर परिक्रमा गरी, नृत्य तथा सांस्कृति कार्यक्रम र तेक्वान्दो खेलको प्रदर्शनी गरिने प्रतियोगिता संयोजक होम बहादुर सुनारले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।    विगत देखि मोडेल आइटिएफ तेक्वान्दो एकेडेमीका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक जित्न सफल भएका छन् ।

मोडेल तेक्वान्दो एकेडेमी बाँकेले १४ औं  जिल्ला स्तरीय  प्रतियोगिता गर्ने।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg