शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

माघी पर्व धुमधामका साथ मनाइँदै।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३ माघ, २०८०

माघी पर्व धुमधामका साथ मनाइँदै।

राप्तीसोनारी, बाँके ÷ आदिवासी जनजाति मध्येका थारु समुदायको महान पर्व माघी थारु बाहुल्य भएका जिल्लाहरुमा धुमधामका साथ मनाइँदैछ । थारु समुदायमा पुस महिनाको अन्तिम दिनदेखि शुरु भएको माघी पर्व आज माघ ३ गते बुधवारसम्म धुमधामका साथ मनाउने परम्परा छ ।  
साँस्कृतिक पर्वको रुपमा स्थापित माघ पर्वलाई थारु समुदायले नयाँ वर्षको रुपमा समेत मान्ने गर्छन् । किनभने थारु समुदायले खेतवारी, नयाँ योजना, पुरानो कार्यको लेखाजोखा, घरको हिसाब किताब लगायतका नयाँ कार्यको थालनी यसै पर्वदेखि गर्ने प्रचलन रहेको हुँदा माघी पर्वलाई थारु समुदायले नयाँ वर्षको शुभारम्भको रुपमा पनि मनाउने गरिएको छ । 
थारु समुदायको महान पर्व माघीले थारु बस्तीमा रमझम बढ्नुका साथै रौनकता थपिएको छ । साँझ विहान गाउँघरमा स्थानीय युवा, वृद्धवृद्धा तथा बालवालिकाको जमघट हुनु र माघको जोहो गर्नाले माघी पर्वको रौनकता थपिएको छ । 
माघी पर्वको अवसरमा शुक्रवार मुक्त कमलरी विकास मञ्च बाँकेको ते¥हौं वार्षिक साधारण सभा सामाजिक लेखाजोखा तथा माघको शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । 
प्रमुख अतिथि लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्ण केसी “नमुना” थारु पहिरनमा सजिएर मघौटा नाच, हुरदुङगवा तथा सखिया नाचमा नाच्नु भएको थियो । मन्त्री नमुनाले स्थानीय चिलरिया बजारदेखि नाचगान सहितको ¥यालीमा सहभागी हुँदै मुक्त कमलरी विकास मञ्चको कार्यालय परिसरसम्म आयोजित माघ मिलन कार्यक्रममा    नाचगानमा सरिक हुनु भएको थियो । 
सो अवसरमा मन्त्री “नमुना”ले थारु समुदायको पर्वलाई अझ धुमधामका साथ मनाउन युवा पुस्ता जागरुक हुन आवश्यक रहेको बताउनु हुँदै लुम्बिनी प्रदेश सरकारले थारु समुदायको संस्कृतिको जगेर्ना गर्न पहल थालनी गरेको बताउनु भयो । मन्त्री “नमुना”ले संस्कृति लोप हुँदै गैरहेको भन्दै मन्त्री नमुनाले अब संस्कृति जोगाउन युवा पुस्तालाई हस्तान्तरण गरी जिम्मेवारी दिनुपर्ने बताउनु भयो । 
राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले राप्ती सोनारी गाउँपालिकामा विशेषगरि थारु समुदायको बसोबास बढिभएको हुनाले पनि यहाँ माघको रौनकता बढी हुने गरेको बताउनु भयो । थारु बस्तीमा अहिलेदेखि नै हरेक दिन नाचगान र सरसल्लाह दैनिकी हुने गरेको उपाध्यक्ष थारुले बताउनु भयो ।
यसैगरि मुक्त कमलरी विकास मञ्च बाँकेका अध्यक्ष सुनिता थारुले माघ पर्वलाई थारु समुदायले नयाँ वर्षको रुपमा समेत मााउने गरेको बताउँदै थारु समुदायले खेतवारी, नयाँ योजना, पुरानो कार्यको लेखाजोखा, घरको हिसाब किताब लगायतका नयाँ कार्यको थालनी यसै वर्षदेखि गरिने चलन रहेको हुनाले माघ पर्वलाई थारु समुदायले नयाँ वर्षको रुपमा पनि मनाउने गरेको बताउनु भयो ।
अध्यक्ष थारुले माघ १ गते थारु समुदायमा चोक चोकमा आगो बाल्ने र गाउँभरीका स्थानीयहरु जमघट भएर के गर्ने कसो गर्ने भन्ने सल्लाह समेत गर्ने र साँझ नाचगान गर्दै रमाउने गर्दछन् भन्नुभयो । साँझ विहान आगोमा पोलेर मिठो मसिनो खाने कुरा खाने र आफन्तलाई समेत खुवाउने चलन रहेको पनि उहाँले  बताउनु भयो । 
माघ आउनु पूर्व एक महिनादेखि थारु गाउँ बस्तीमा माघी पर्वको लागि जोहो गर्न शरु हुन्छ । बाहिर कमाउन गएका युवायुवती गाउँघरमा रमाउनलाई फर्किन्छन् । 
उक्त शुभकामना आदानप्रदान कार्यक्रममा मुक्त कमलरी विकास मञ्चका केन्द्रिय उपाध्यक्ष निरमला चौधरी, पूर्व बाँकेका अध्यक्ष पार्वती थारु, वडा सदस्य, स्थानीयवासी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg