राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २ माघ, २०८२
२०८२ माघ १, पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रिडीमा अवसरमा कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न भक्तजनहरुको घुइँचो लागेको छ । बिहानैदेखि कालीगण्डकी नदीमा स्थान गर्ने र नजिकै रहेको ऋषिकेश मन्दिरमा दर्शन गर्ने पूजाआजा दर्शन गरेका छन् ।
नेपालको चार धाममध्यको एक रुरु धाम रिडीमा नेपालसहित भारतबाट आएका भक्तजनहरू आउने क्रम जारी छ । माघे सङ्क्रान्तिमा रिडी क्षेत्रमा पुगेर ऋषिकेश मन्दिरको दर्शन र कालीगण्डकी नदीमा स्थान गरे पुन्य प्राप्त हुने जनविस्वास रहँदै आएको छ । माघे सङ्क्रान्तीमा काली गण्डकीमा स्नान गरी ह्षिकेश भगवान्को दर्शन गरेमा अनजानमा गरेका सम्पूर्ण पाप नाश हुने, मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाइन्छ ।

रिडीमा मकर सङ्क्रान्ती स्नानको लागी पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देही कपिलवस्तु तथा भारतको उत्तर प्रदेश तथा विहारबाट समेत भक्तजनहरू काली गण्डकीमा स्नान तथा ह्षिकेश भगवानको दर्शनको लागि रुरु क्षेत्र धाम रिडीमा पुगेका छन् । मुस्ताङको दामोदर कुण्ड र मुक्तिनाथ क्षेत्रबाट बग्दै आएको काली गण्डकीलाई हिन्दुधर्मालम्बीहरुले श्रीकृष्ण गण्डकीको रूपमा लिँदै आएका छन् ।
परम्परादेखि नै यहाँ माघ १, २ र ३ गते पहिलो दिन जेठी, दोस्रो दिन माहिली, तेस्रो दिन कान्छी सङ्क्रान्ति मेला लाग्ने गरेको छ । व्यापार पनि सँगै संक्रान्तिको अवसरमा व्यापार–व्यवसाय गर्न पाल्पा, बाग्लुङ्, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीको लागि व्यापारीहरूले बिक्रीको लागि राखिएको छन् । रोप्पा, रुकुम सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ्मा उत्पादन हुने ऊनीजन्य बस्तुहरू राडीपाखी, कम्बल, बाँसको सामग्रीहरू, जडीबुटीहरू बिक्री गर्न राखिएको छ ।
.jpg)
धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट काम्लो, कम्मल, राडी, पाखी, बासबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान, हुम्ला, जुम्लाको ओखको घाँजी जस्ता सरसमान बिक्रीको लागि गर्न राखिएको छ । धार्मिक मेलामा गुल्मीको गुड, पाल्पाको सुन्तला विक्रिको लागि राखिएको छ ।


