मंगलवार, १२ कार्तिक, २०८२

‘मिसन ग्रास रुट’ अभियान' कार्यक्रममा आज पाल्‍पामा ओलीको संबोधन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १४ चैत्र, २०७९

‘मिसन ग्रास रुट’ अभियान' कार्यक्रममा आज पाल्‍पामा ओलीको संबोधन

पाल्‍पा। देशको अहिले अर्थतन्त्र सङ्कट तर्फ गएको त्यसलाई सुधार गर्नतर्फ सरकार गम्भीर नभएको नेकपा एमाले का अध्‍यक्ष तथा पूर्व प्रधानमंत्री केपी शर्मा ओलीले बताएका छन। नेकपा एमाले पाल्पाले मङ्गलबार दमकडामा आयोजना गरेको मिसन ग्रासरूढ अभियान कार्यकर्ता भेटघाट कार्यक्रममा बताएका हुन।

देश अहिले अर्थतन्त्रको सङ्कटमा रहेपनि त्यसलाई सुधार गर्नतर्फ सरकार गम्भीर नभएको देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्नका लागि स्वदेशमै उत्पादन भएका वस्तुको बिक्रीमा नलागेर सरकार विपरित दिशातिर लागेको आरोप लगाएका छन।  देशको पक्षमा, जनताको पक्षमा, आम किसानको पक्षमा बोल्न कुनै डर नभएको र वर्तमान सरकारले देशको सीमा मिचिदासमेत बोल्न नसक्‍ने सरकारको कुनै औचित्‍य नभएको समेत बताए।

गठबन्धन भित्रका दलबाट देशको विकास नहुँने बताउँदै अध्यक्ष ओलीले देशको विकासका लागि एमालेकै नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा राखे । आफू प्रधानमन्त्री भएको समयमा पूर्व पश्चिम राजमार्ग र रेलमार्ग विस्तार तराईमा हुलाकी राजमार्गको काम सुरु भएको जनाउँदै अरुले २० वर्षमा गर्न नसकेको काम गरेको दाबी गरे ।

अध्यक्ष केपी शर्मा ओलीले विदेशी तत्वबाट मुलुक चल्दा राजनीतिक स्थायित्व कायम हुन नसकेको बताएका छन् । उनले मुलुकमा लोकतन्त्र आएदेखि नै विदेशी शक्तिको इसरामा सरकार बन्ने र ढल्ने हुँदा देश विकास हुन नसकेको दावी गरेका छन।  कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीका सचिव छविलाल विश्वकर्मा, पोलिटव्यूरो सदस्य ठाकुर गैरे, खिमलाल भट्टराई लगायतले एमालेलाई ‘मिसन ग्रास रुट’ अभियानले स्थापित गर्ने बताउनुभयो ।

जिल्लाभरका तीन हजार बढी अगुवा कार्यकर्ताहरू भेलामा सहभागी रहेको नेकपा एमाले पाल्‍पाले जनाएको छ। कार्यक्रम एमाले पाल्पाका अध्यक्ष घिमिरेकाे अध्यक्षता, सचिव भाेजराज रामजी पाेखरेलकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

advertisement_1680627680.gif