शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

मायादेवी मन्दिरमा नयाँ गजुर

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १० फाल्गुन, २०७९

मायादेवी मन्दिरमा नयाँ गजुर

 लुम्बिनी । लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ।  थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले र दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखिएको हो।

यसअघि राखिएको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भई मंगलबार दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिईएको छ ।

स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिव ३ महिना लगाएर तयार पारिएको गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाईएको छ ।यसअघिको मन्दिरको गजुर पूरानो र जीर्ण भइसकेको थियो । गजुरसँगै बुद्ध जन्मस्मारक (मार्कन स्टोन)को कभर स्थापनाका लागि समेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।

नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको नयाँ गजुर राखिएपछि मायादेवी मन्दिर आर्कषक देखिएको छ ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg