शुक्रबार, २९ फाल्गुन, २०८२

महिला सहित ३८ जनाले गरे रक्तदान

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २६ पुष, २०८१

महिला सहित ३८ जनाले गरे  रक्तदान

नेपालगञ्ज। (बाँके) पवन जायसवाल। बर्दियाको बाँसगढीमा नेपाल स्वयंसेवी रक्तदाता समाज तथा नेपाल रेडक्रस सोसाइटी उप–शाखा बाँसगढी नगर समितिको संयुक्त आयोजनामा एक महिला सहित ३८ जनाले रक्तदान कार्यक्रम गरेका छन् । बाँसगढी नगरपालिकाकाको संरक्षकत्वमा, नगर अस्पताल बाँसगढी बर्दियामा आयोजित रक्तदान कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखीराम वली, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका उपाध्यक्ष सन्तोष बाँस्तोला, समाजका नगर अध्यक्ष विनोद परियार, नेपाल रेडक्रस सोसाइटी उप–शाखा बाँसगढी नगर समितिका सभापति कमल बहादुर खत्रीले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्राविधिक महेश राना क्षेत्रीलाई हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओलीले ब्यानर वाछन गरेर बिधिवत रुपमा उद्घाटन गरेका थिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर समिति अध्यक्ष बिनोद परियार (सन्देश) का अनुसार समाजका सल्लाहकार तथा अतिथि पानी सप्लायर्सका सञ्चालक बिपिन पौडेल, केशव पौडेल, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बराल, युगपति पौडेल, दिनेश कुमाार थापा, ५१ वर्षीय कृष्णराज रेग्मी,  खेम प्रसाद काफ्ले,  शिशिर अधिकारी, बैकुण्ठ सुवेदी, एक नारायण अधिकारी, नगर अस्पताल बाँसगढी का डा. मनोज कुमार साह, अजय प्रसाद तिवारी, देवराज अधिकारी, बाबुराम थारु, गणेश थारु,  शिव चौधरी,  बिवस परियार, झबिन्द्र कुमार खत्री, जोहन पी. अध्किारी, क्षितिज पौडेल, ओम प्रकाश देवकोटा, शंकर सापकोटा, सागर अधिकारी, बिजयराज अधिकारी, सन्तोष खनाल, बिनोद पौडेल, घन श्याम तिवारी, पतिराम थारु, सनद कुमार धिताल, कृष्णराज ढकाल, दुर्गा प्रसाद थारु, एक मात्र महिला अस्मिता कुश्मा, नवराज ज्ञवाली, सन्दिप थारु, सन्तोष कुमार थारु, मीन बहादुर बिक, करसिंह बुढा, सञ्जु कुमार ओली लगायत ३८ जनाले रक्तदान गरेका छन् ।

आगामी दिनमा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला कार्यसमिति तथा सरोकारवालासँग छलफल गरी नियमित ३–३ महिनाको अन्तरालमा रक्तदान कार्यक्रम आयोजना गरिने नगर अध्यक्ष बिनोद परियर (सन्देश)ले बताएका छन्  । कार्यक्रमको संरक्षकत्वमा बाँसगढी नगरपालिका, बाँसगढी नगर अस्पताल, बाँसगढी उद्योग वाणिज्य संघ, बाँसगढी खानेपानी उपभोक्ता समिति, युवा सञ्जाल बाँसगढी, लायन्स कलब अफ बर्दिया, थारू कल्याणकारिणी सभा बाँसगढी, ईलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख प्रहरी निरीक्षक रुपेश साह, बाँसगढी, पीपलबोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मिडियामा रेडियो गुर्वावा एफ.एम, मिसन टुडे राष्ट्रिय दैनिक,बाँसगढी ग्यालरी  लगायतको समन्वय तथा सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाका मन्त्री गोबिन्द प्रसाद रेग्मी, नगर अस्पताल बाँसगढी बर्दियाका प्रमुख हरिहर प्रसाद तिवारी, बाँसगढी उद्योग वाणिज्य संघ महिला उपाध्यक्ष मनु अधिकारी, १ सय २ पटक रक्तदान गर्नु हुने नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल, ईलाका प्रहरी कार्यालय मोतीपुर, बाँसगढी  लगायतको सहभागिता रहेको थियो । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका सोम प्रकाश सापकोटा, सुनिल रत्गैया, महेश राना क्षेत्री, शिवराज शाही, बीरेन्द्र योगी, निशा ढुंगाना, भूमिका चौधरी, सुमित्रा ओली, समी चौधरीले प्राविधिकमा सहयोग गरेका थिए । 

advertisement_1676551537.gif