राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २ माघ, २०८१
नेपालगञ्ज। (बाँके) पवन जायसवाल।बाँके नेपालगञ्जमा मिथिला सेवा समाज केन्द्रिय समितिद्वारा आयोजितमा रक्तदान कार्यक्रममा ३ महिला सहित २३ जनाले माघ १ गते मंगलवार रक्तदान गरेका छन् ।बीपी चौक स्थित सुनाखरी रेष्टोरेन्टमा आयोजित रक्तदान कार्यक्रममा मिथिला सेवा समाज केन्द्रिय समिति नेपालगञ्जका कोषध्यक्ष तथा दानबीर जग्गादाता राम चन्द्र पण्डितले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सुनिल थापामगर हस्तान्तरण गरी बिधिवत रुपमा उद्घाटन गुर्नभएको थियो ।
रक्तदान कार्यक्रममा नरैनापुर गाउँपालिका का प्रमुख इश्तियाक अहमद शाहको बिशेष यपस्थितमा, मिथिला सेवा समाज केन्द्रिय समितिका अध्यक्ष राम लोचन शाह, सचिव भरत महतो, श्याममणि प्रसाद मण्डल, सञ्जिव कुमार मिश्र, तिरथराज रोकाय, कामेश्वर मण्डल, निर्मला थापा, रबिन्द्र चौलागाई, राजन शाही, लक्षमण कुमार बिसी, भूनेश्वर मण्डल, प्रमेश्वर शर्मा, कष्ण कुमारी बिसी, राम चन्द्र यादव, रेखा झाँ, बिनय कुमार गुप्ता, राम सुन्दर यादव, नारायण बहादुर सुवेदी, इन्द्र कुमार झाँ, कृष्ण प्रसाद पण्डित, कृष्ण प्रसाद सुवेदी, गौरी शंकर मण्डल, सत्यम जायसवाल लगायतले रक्तदान गरेका छन् । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिल थापामगर, हिमाँशु मौर्या, नबीन जायसवाल, समृद्धि नकर्मी, प्रभुदयाल गोडिया, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।