आईतवार, १० कार्तिक, २०८२

महाशिवरात्री पर्व देशभरीका शिवालयहरुमा पूजा, आराधना एवं दर्शन गरी मनाइयो मनाइयो।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २६ फाल्गुन, २०८०

महाशिवरात्री पर्व  देशभरीका शिवालयहरुमा पूजा, आराधना एवं दर्शन गरी मनाइयो मनाइयो।

नेपालगन्ज(बाँके) पवन जायसवाल ।महाशिव रात्री पर्व आज देशभरीका शिवालयहरुमा पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ ।

महाशिवरात्रीमा भगवान् शिवको पूजा–आराधना गरी मनाएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु फाल्गुन २५ गते शुक्रवार बिहानै देखि नदी, कुण्ड, तलाउ र घरमैं स्नान गरी शिवजीको शिवालयमा गई श्रद्धाभक्तिपूर्वक श्रद्धालु भक्तजनहरुले पूजा–आराधना गरेका छन ।

शिव (भोलेबाबा) को पूजा गर्नेहरुको श्रद्धालु भक्तजनहरुको बिहानै देखि काठमाण्डौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर नेपालगन्जको बागेश्वरी, नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–२० मनिकापुर राँझा चौक देखि करीब १ किलोमीटर पश्चिममा रहेका गायत्री मन्दिरको परिसर अगाडी रहेको तलाउमा महाशिवरात्री पर्वको अवसरमा शिवजीको मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ । उक्त अवसरमा आउने श्रद्धालु भक्तजनहरुको लागी प्रसादको व्यवस्था गरिएको थियो र भण्डाराको आयोजना पनि गरिएको थियो । महाशिवरात्रीको अवसरमा गायत्री परिवारका सदस्यहरुले पहेलो बस्त्र पहिरनमा विभिन्न कार्यहरुमा स्वयंसेवी भएर खटिएका थिए । 

सो अवसरमा विभिन्न स्थानवबाट गायत्री परिवारका सदस्य, डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्र चौधरी, वार्ड नं.–२० मनिकापुरका वडाध्यक्ष कौशल कुमार धोवी, वरिष्ठ पत्रकार पुर्णलाल चुके, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख राम सुरेश यादव, जानकी गाउँपालिका वार्ड नं.–५ गुरुवा गाउँ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालयकी प्रधानाध्यापक सन्ध्या शर्मा लगायत भक्तजनहरु गायत्री मन्दिरमा आएर पूजा आराधना गरेका थिए । विभिन्न स्थानमा रहेका शिवालयहरुमा र स्थानीय मन्दिरमा पनि भक्तजनहरुको भीड रहेको थियो ।

advertisement_1744958411.jpg