शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

नागरिकता विधेयक प्रमाणीकरण: अनेरास्ववियु रूपन्‍देहीले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १७ जेष्ठ, २०८०

नागरिकता विधेयक प्रमाणीकरण: अनेरास्ववियु रूपन्‍देहीले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन

बुटवल। राष्ट्रपतिले बिवादास्पद नागरिकता बिद्येयक प्रमाणित गरेर मुलुकलाई सिक्कीमीकरणको बाटोमा लगेको भन्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेका छन्। बुटवलमा उनीहरुले बुधबार सांझ प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन गरेका हुन्।

प्रधानमन्त्रीको दवावमा बिवादास्पद नागरिकता बिद्येयक प्रमाणिकरण गरेको विरोधमा पुत्‍ला दहन गरेको अनेरास्ववियु रूपन्‍देहीले जनाएको छ।

बुटवल बहुमुखी क्याम्पसबाट प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला सहित निस्केको बिद्यार्थीहरुको जुलुसलाई लक्ष्मिनगर विरोध गर्दै जाँदै गर्दा प्रवेशद्धारमा प्रहरीले रोकेको थियो।

प्रहरीले जुलुसलाई रोकेपछि बिद्यार्थी र प्रहरीका बिच केही बेर धकेलाधकेल र पुत्ला खोसाखोस भएको थियो। 

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg