राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ७ चैत्र, २०८०
नेपालगन्ज(बाँके) पवन जायसवाल । बाँकेको नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन जिल्ला कार्य समितिको आयोजनामा महिला पुरुष गरी ३१ जना नेपाल लेखापढी कानून व्यवसायीहरुले रक्तदान गरेका छन् ।
प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा सौरभ वर्माको संयोजकत्वमा, नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन बाँकेका अध्यक्ष राम गोपाल कुर्मी, प्रखर गुप्ता, पार्वती थारु, असफाक जसगढ संघर्ष, गोबिन्द वर्मा, बिजय थारु, रामु, राजेश कुमार बढही, बिजय कुमार तेली, कमल थापा, सुरज सोनकर, दिपेन्द्र कुमार तेली, कार्यक्रम संयोजक सौरभ वर्मा, कमलेश कुमार, जगबीर लामा, पुरन यादव, विनय कुमार कौलिक, हेमन्त कुमार कुर्मी, सुशील वर्मा, रन्जित सिंह सिजापति, बिकास घर्तीमगर, सन्तोष कुमार नाउँ, दिपक चिडिमार, दिलिप वर्मा, सरजु थापा, नैना शाह, सुनिल बाल्मिकी, दिपक चौधरी, धमेन्द्र , साहिल अली ढपाली लगायत ३१ जनाले रक्रदान गरेका छन् ।
नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन बाँकेका अध्यक्ष राम गोपाल कुर्मी र कार्यक्रम संयोजक सौरभ वर्माले रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरेका थिए । भने कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटा, सुनिता कुमाई, सन्दिप आचार्य, केशर सिंह डाँगीले सहयोग गरेका थिए ।