आईतवार, १० कार्तिक, २०८२

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उप–कुलपतिलाइ सम्मान गरियो

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २६ पुष, २०८१

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उप–कुलपतिलाइ सम्मान गरियो

नेपालगञ्,(बाँके) पवन जायसवाल। बाँकेको नेपालगञ्जमा रहेको महेन्द्र पुस्तकालयले नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उप–कुलपति प्रा.डा. धनेश्वर नेपाललाई पौष २५ गते बिहीवार बधाई तथा स्वागत कार्यक्रममा सम्मान गरेको छ।

महेन्द्र पुस्तकालय नेपालगञ्जका अध्यक्ष बलराम यादवको अध्यक्षतामा बधाई तथा स्वागत कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल संस्कृत विश्वविद्यालयका उप–कुलपति प्रा.डा. धनेश्वर नेपाललाई भेरी साहित्य समाज केन्द्रीय समितिका निर्वतमान अध्यक्ष हरि प्रसाद तिमिल्सिना, तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगञ्जकी अध्यक्ष मीना बराल, भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेत, महेन्द्र पुस्तकालय नेपालगञ्जका अध्यक्ष बलराम यादव, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजाल अबीर तथा खादा लगाएर स्वागत गरेका थिए ।
यसरी कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ्गका नवनियुक्त उप–कुलपति प्रा.डा. धनेश्वर नेपालले त्यही बिश्वबिद्यालयमा पढेका थिए र अब उप–कुलपतिमा नियुक्त भएको छु, संस्कृति बिश्व बिद्यालयमा धेरै चुनौतीहरु प्नि रहेको छ , पुस्तकालयलाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।  हरि प्रसाद तिमिल्सिनाल उप–कुलपति प्रा.डा. धनेश्वर नेपालको बारेमा प्रकाश पारेका थिए, वरिष्ठ कथाकार सनत कुमार रेग्मी, इन्द्र बहादुर बस्नेत लगातयले बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा महेन्द्र पुस्तकालय नेपालगञ्जका उपाध्यक्ष पंकज श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गरेका थिए सो कार्यक्रममा शास्वत आचार्य स्मृति प्रतिष्ठान बाँकेका संस्थापक प्रा.डा. जनार्दन शर्मा आचार्य, सर्वदा साहित्य प्रतिष्ठानका अध्यक्ष खगेन्द्र गिरि कोपिला, प्रलेस बाँकेका अध्यक्ष पुष्पमणि प्रधान, अवधी साँस्कृतिक प्रतिष्ठानका संस्थापक तथा विश्व हिन्दी महासभा नेपाल केन्द्रिय समितिका अध्यक्ष बिष्णुलाल कुमाल, जैद अहमद खान, वरिष्ठ लेखक नरेन्द्रजङ पिटर, भेरी साहित्य समाज केन्द्रीय समितिका उपाध्यक्ष ईश्वरी प्रसाद रिजाल, कोषाध्यक्ष राजकुमार चौधरी, सदस्य भरतबहादुर रानाभाट, जमील अहमद हाशमी, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका उपाध्यक्ष खोपीराम ओली क्षेत्री, जगदीश ढकाल, कृष्ण मुरारी प्रसाद भट्ट, बीपी अस्तु, वरिष्ठ अधिवक्ता भीम बहादुर शाही, गीत अधिकारी, बिभु शर्मा, गणेश रिजाल, पुस्तकालयका लेखापाल स्वामी दयाल गुप्ता, अर्जुन शर्मा ( आदित्य गौतम) लगायतको सहभागिता रहेको थियो ।

advertisement_1676553851.gif