आईतवार, १० कार्तिक, २०८२

नेपाल विद्युत प्राद्यीकरण नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा १ सय ३२ जनाले गरे रक्तदान

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २ भाद्र, २०८१

नेपाल विद्युत प्राद्यीकरण नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा  १ सय ३२ जनाले  गरे  रक्तदान

नेपालगन्ज (बाँके) पवन जायसवाल । बाँकेको नेपालगन्जमा नेपाल विद्युत प्राद्यीकरण वितरण केन्द्र नेपालगन्जको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ३२ जनाले उत्साहजनक रुपमा भाद्र १ गते शनिवार रक्तदान गरेका छन् ।  

“स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकता , संस्थागत सुधार, कर्मचारी हकहित हाम्रो प्रतिवद्धता” नाराका साथ नेपाल विद्युत प्राद्यीकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना भाद्र १ गते शनिवार गरिएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिका उपाध्यक्ष महेश चौधरीको अध्यक्षतामा, नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि दुर्गा प्रसाद जैसी, बिशिष्ट अतिथि राजिव सिंह लगायत अतिथिहरुले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र राजेन्द्र महतारलाई हस्तान्तरण गर्दै ३९ औं वर्षको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिका सचिव नबीन अधिकारीद्वारा सञ्चालित, भाईराजा श्रीवास्तवको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसी, बिशिष्ट अतिथि तथा लुम्बिनी प्रादेशिक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजिव सिंह, को नेपाल विद्युत प्राद्यीकरण वितरण केन्द्र नेपालगन्जका निमित्त प्रमुख बुद्धिसागर भुषाल, नेपाल टे«ड युनियन काँगे्रस बाँकेका का.बा. अध्यक्ष तोजेन्द्र बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा नेपाल विद्युत प्राद्यीकरण वितरण केन्द्र कोहलपुर इकाई समिति र प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जलाई सम्मान पत्र प्रदान प्रमुख अतिथि बिशिष्ट अतिथिले गर्नु भएको थियो ।

advertisement_1676551694.gif