मंगलवार, १२ कार्तिक, २०८२

नेपाल वायुसेवा निगमको विमानले गुल्मीको रेसुंगा विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गर्यो।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ बैशाख, २०८०

नेपाल वायुसेवा निगमको  विमानले  गुल्मीको रेसुंगा विमानस्थलमा सफलतापूर्वक परीक्षण  उडान गर्यो।

गुल्मी। शुक्रबार बिहान  नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले  गुल्मीको रेसुंगा विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको छ । विमानबाट  काठमाडौंबाट गुल्मीको रेसुङ्गा विमानस्थलको दुरी ५० मिनेट मात्र रहेको बताइएको छ  । निगमले अब परीक्षण उडानको प्रतिवेदन प्राप्त गरेपछि नियमित उडान प्रक्रिया अगाडि बढाउने छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० को सिमिचौरमा रहेको रेसुङ्गा विमानस्थल जिल्ला सदरमुकाम तम्घासबाट ५ किलोमिटर कच्ची बाटोमा पुगेपछि पुग्न सकिन्छ  । रेसुङ्गा विमानस्थलबाट काठमाडौंको उडानका लागि प्रतिव्यक्ति ६ हजार ५ सय नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ । माघ २४ गते तारा एयरको १८ सिटको विमानले पनि विमानस्थलमा सफल उडान भरेको थियो ।

रेसुङ्गा विमानस्थलको धावनमार्ग ५२० मिटर लामो र २० मिटर चौडा छ भने १५६ रोपनीबाट अधिग्रहण गरेको ७९ रोपनी जग्गामा फैलिएको विमानस्थल छ । विमानस्थल निर्माणमा अहिलेसम्म ३५ करोड नेपाली रुपैयाँ खर्च भइसकेको छ ।
 

advertisement_1676553851.gif