राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३० बैशाख, २०८२
नेपालगन्ज। बाँके, पवन जायसवाल।नेतृत्व विकास तथा सकारात्मक सोंच विषयक दुई दिने तालिम नेपालगन्ज उप–महानगरपालिका वडा नं. १९ बसुदेवपुरमा बैशाख २९ गते सम्पन्न भएको छ।नेपालगन्ज उप–महानगरपालिका वडा नं.– १९ बसुदेवपुरको सहयोग र युवा घरको आयोजनामा बैशाख २८ गते देख शुरु भएको सो तालिम २९ गते सम्पन्न भएको छ ।
तालिमको समापन समारोहमा बोल्दै नेपालगन्ज उप–महानगरपालिका वडा नं.–बसुदेवपुर १९ का वडा सदस्य रामसुहावन कुमीले तालिमबाट सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्नु पर्ने कुरामा जोड दिएका थिए । बालबालिकाहरु समाजको एक खम्बा भएको बताउँदै सकारात्मक साेंचको विकास गरेर सकारात्मक कार्यमा लाग्नुपर्ने रामसुहावन कुर्मीको भनाई थियो।दुई दिन सम्म सञ्चालित तालिमको समापनमा बोल्दै १९ नं.–का वडा सदस्य मन्सुर खाँले तालिमबाट नेतृत्व विकास र सकारात्मक साेंचको वारेमा सबैलाई जानकारी भएको बताउँदै सबैले आआफ्नो जिम्मेवारी पुरा गर्न लागि परेमा समुदायमा सकारात्मक विकास गर्न सम्भव हुने बताएका थिए । वडाका नायब सुब्बा मनोज रिजालले बालबालिकाको चौतर्फी विकासका लागि वडा कार्यालयले हरेक वर्ष कार्यक्रम गर्दै आएको बताउँदै तालिमबाट बालिबालिकाको नेतृत्व तथा क्षमता विकासमा टेवा पुगेको बताए थिए।
तालिमका सहभागीहरुले तालिमका विषयवस्तु समय सान्दर्भिक भएको र उपलब्धिमूलक भएको बताएका थिए । तालिमबाट जीवन उपयोगी सिप, सकारात्मक सोंच र नेतृत्व विकासका विविध विषयमा ज्ञान प्राप्त भएको सहभागीहरुको भनाई रहेको थियो । दुई दिन सम्म सञ्चालित चलेको तालिममा प्रशिक्षक मन भण्डारी र शिव कुमार वर्माले बाल अधिकार, बाल संरक्षण, व्यक्तित्व विकास र सकारात्मक सोंचका सूत्रहरु, नेतृत्व, नेतृत्वको अवधारणा, नेतृत्वको परिभाषा नेता, नेताको परिभाषा, नेतृत्वको भुमिका, नेतृत्वको आवश्यकता, नेतृत्वका लागि आवश्यक तत्वहरु, असल नेताका गुणहरु, नेतृत्व कसरी गर्ने ?, नेतृत्वका कार्यहरु को विषयमा तालिम दिएका थिए भने समह अभ्यास तथा छलफल समेत गरिएको थियो ।
नेतृत्व विकास तथा सकारात्मक सोंच विषयक दुई दिने तालिम नेपालगन्ज उप–महानगरपालिका वडा नं. १९ बसुदेवपुरका वडाध्यक्ष परसुराम कुर्मीको सक्रिय सहभागिता दुई दिने तालिममा वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, वडा तथा बिध्यालय स्तरीय बाल क्लव संजाल तथा वाल क्लवका पदाधिकारीहरु लगायतका २५ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन युवा घरका सचिव शिव कुमार वर्माले गरेका थिए । \