राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २९ जेष्ठ, २०८२
नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयको आयोजनामा नेपालगन्जमा‘डिजिटल नवप्रवर्तन रूपान्तरण २०२५’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
नेपालका विभिन्न विश्वविद्यालयका उपकुलपति, डीन, प्राध्यापक, विषयविज्ञ तथा प्रदेश योजना आयोगका उपाध्यक्ष,प्रदेश लोक सेवा आयोगका अध्यक्ष,विश्वविद्यालयका सेवाआयोगका सदस्य तथा ख्याती प्राप्त विभिन्न विश्वविद्यालयका प्राध्यापक लगायत विषयगत विद्यार्थीहरूको सहभागितामा सम्पन्न भएको हो ।लुम्बिनी सरकारका सामाजिकविकास मन्त्री जन्मजयति मिल्सिनाले उद्घाटन गनर्’ भएको उक्त सम्मेलनको उद्देश्य माथि प्रकाश पार्दै लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा.निरज केसीले यस क्षेत्रमै यो विश्वविद्यालय नयाँ भएका कारण यहाँका विद्यार्थीहरूलाई डिजिटल नवप्रवर्तन र रूपान्तरणका बारेमा जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
नेपालका अन्य विश्वविद्यालय, निजी क्षेत्रका प्रविधि उद्योग, सरकारी क्षेत्र लगायतले यस सम्बन्धी के कसरी कामहरू गरिरहेका छन् भन्ने कुरा प्रत्यक्ष रुपमा विषयगत विद्यार्थी हरूलाई जानकारी गराएर उनीहरूलाई यसक्षेत्रको भविष्यका बारेमा जानकारी दिनका लागि सम्मेलनको आयोजना गरिएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘हामीले यस क्षेत्रका विद्यमान अवसर, चुनौती तथा भविष्यका बारेमा हाम्रा विद्यार्थीहरूलाई जानकारी गराउनका लागि प्रत्यक्षरूपमा अन्य विश्वविद्यालयका विषय विज्ञ, प्राध्यापक, प्रविधि उद्योगका प्रतिनिधि मात्रै नभएर विश्वका ख्याती प्राप्त विश्वविद्यालयका विषयविज्ञ समेतलाई अनलाइन माध्यमबाट प्रत्यक्ष सहभागी गराएका छौँ ।’उहाँले ‘यो कार्यक्रमले हाम्रा विद्यार्थीहरूलाई यसक्षेत्रमा के के अवसर, चुनौती तथा भविष्य छ भन्ने कुराको राम्रोसँग ज्ञान हुने विश्वास हामीले गरेकाछौं ।’नेपाल मानव प्रवर्तनलाई अन्य क्षेत्रले कसरी अपनाइरहेका छन्, यसबाट केपायौँ, के पाएनौँ, यसलाई आत्मसात् गरेर कसरी अगाडि बढ्न सकिन्छ, विद्यार्थी,विश्वविद्यालय, प्रविधि उद्योगलाई कसरी समायोजन गरेर अगाडि बढ्न सकिन्छ भन्नेकुराको ज्ञान आदानप्रदान गर्नका लागि योसम्मेलन महत्वपूर्ण हुने बताउनुभयो ।यस क्षेत्रसम्बन्धी उद्योगहरूसँग एमओयुगरेरविद्यार्थीहरूले सेयरिङ, समस्याआएमा सोलुसन तथा नयाँप्रविधिसँग आबद्ध हुनसहयोग हुने उनको भनाइ छ ।
त्यसैगरि विश्वविद्यालयका कुलसचिव रेग बहादुर भण्डारीले डिजिटल प्रविधिहरूको उपयोग गरी नवीनतमर समावेशी भविष्य निर्माणगर्ने साझा दृष्टिकोणले एकै थलोमा विद्यार्थी,विद्वान, विषयविज्ञ, नवप्रवर्तक कर्ताहरू,नीति निर्माताहरू र उद्योगीहरू भेलाभई सामूहिक छलफल गरिएको बताउनु भयो। उहाँले क्षमता विकास,कार्यशाला गोष्ठी, सेमिनार, सिपोइजम, सम्मेलनको माध्यमबाट प्रविधि एवम् ज्ञानको निर्माण र हस्तातरण गर्ने प्लेटफर्मको रूपमा सम्मेलनलाई लिएको बताउनुभयो ।
कुल सचिव भण्डारीले भन्नुभयो– ‘हामीले यसअघि सन् २०२३ र २०२४मा कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङ माअन्तर्राष्ट्रिय संगोष्ठीहरू सफलताका साथ आयोजना गरिसकेका छौँ र यसपटक यो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पाउँदा हामी उत्साहित छौँ,जुन डिजिटल नव प्रवर्तनको रूपान्तरणकारी सम्भावनालाई अन्वेषण गर्ने एक ऐतिहासिक घटना बन्ने भन्ने विश्वास गर्दछौँ ।’ उहाँले ‘यस वर्षको विषय वस्तु‘डिजिटल नवप्रवर्तन ररूपान्तरण’ले अत्याधुनिक अनुसन्धानलाई अगाडि बढाउने, विश्वव्यापी सहकार्यलाई प्रोत्साह नगर्ने साथै डिजिटल युगका अवसरहरूलाई सूचनाप्रविधिको विकासमा परिणत गर्नेहाम्रो प्रतिबद्धता छ ।’उनले विश्वले कृत्रिम बुद्धिमत्ता,ब्लकचेनर डिजिटल इकोसिस्टम जस्ताप्रविधिमातीव्र प्रगति गरिरहँदा, यो सम्मेलनमा हुने विचारहरूको आदानप्रदान,नवीन अनुसन्धान साझेदारी र डिजिटलरूपमा सशक्त समाजको मार्ग चित्रतयार गर्ने महत्वपूर्ण मञ्चहुने रनवप्रवर्तन मार्फत अर्थपूर्ण परिवर्तन ल्याउने सामूहिक समर्पणको प्रतिबिम्बभएको उल्लेख गर्नुभयो ।
उद्घाटन सत्रको वीचमा लुम्बिनी प्राविधिकवि श्वविद्यालय सेवा आयोगका सदस्य तथावरिष्ठ साहित्यकार प्रा.डा. कृष्ण प्रसाद घिमीरेले सान्दर्भिक कविता वाचनगनर्’ भएको थियो ।उक्तअन्तर्राष्ट्रिय सम्मेलनमा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयका उपकुलपतिहरु, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयका डिन, प्राध्यापक, विषयविज्ञत थाप्रदेश योजना आयोगका उपाध्यक्ष,प्रदेश लोक सेवाआयोगका अध्यक्ष,विश्वविद्यालयका सेवाआयोगका सदस्य लगायतले विद्यार्थीहरूसँग सामूहिक छलफल गरेका थिए लुम्बिनी प्राविधि कविश्वविद्यालयका उपकुलपति विनोद प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा विश्वका ख्याती प्राप्त विश्वविद्यालयका प्राध्यापकहरूले विभिन्न विषयमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।कार्यपत्रकाबारेमा प्राध्यापकहरूसंग अनलाइन प्रविधि मार्फत्सहभागीहरुले प्रत्यक्षरूपमा प्रश्नोत्तर गरेका थिए ।सम्मेलनमा सहभागी विश्वविद्यालयका विद्यार्थीहरूले विभिन्न देशका विश्वविद्यलायका प्राध्यापकहरूसँग प्राविधिक शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न जिज्ञासाहरू पनि राखेका थिए ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवाआयोगका सदस्यप्रा.डा. कृष्ण प्रसाद घिमीरेका अनुसार अन्तर्राष्ट्रिय सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका डिन प्राडा मनिष पोखरेल,पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा बेदराज केसी, त्रिभुवन विश्वविद्यालयका निर्देशकद्वय प्राडा सुवर्ण शाक्य डा. प्रकाशदत्त भट्ट,त्रिभुवनविश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर केशज पौडेल, काठमाडौँ विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर प्राडा सुदनझा, अष्ट्रेलिया सिड्नी विश्वविद्यालयका डा. आभाशजोशी, नेदरल्याण्ड आईटिसीका असिस्ष्टेन्ट प्रोफेसर अशोक दाहाल, रानका अध्यक्षविकास गुरुङ, क्यानमहासंघका पुर्व उपाध्यक्ष सञ्जय थापा लगायतदर्जन बढीले प्रत्यक्ष र अनलाइन माध्यमबाट आ–आफ्नो विषयगत प्रस्तुती गरेका थिए।
लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत २०७९ असोज १८गते नेपालगन्जमा स्थापनाभएको सो विश्वविद्यालयले २०८० सालमंसिर १३गते पहिलो अभिमुखीकरण कार्यक्रम गरेर स्नातकतहको पढाइ सञ्चालन गरेको थियो ।विश्वविद्यालयले हाल बिटेक इनआइटी, बिटेक इन कम्प्युटर साइन्स एण्डएआई, बिटेक इन आइटी इन्जिनियरिङ रबिटेक इनसिभिल इन्जिनियरिङ गरी चारवटा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
असार महिनादेखि स्नातकोत्तर तहमा अध्यापन सञ्चालन गरिने लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवाआयोगका सदस्यप्रा.डा. कृष्ण प्रसाद घिमीरेका अनुसार गुणस्तरीय शिक्षा, उपलब्धिमूलक शिक्षा, जागीरको सुनिश्चितता सहितको शिक्षा तथा देश र समाजका लागि उत्तरदायी विद्यार्थी उत्पादन गर्ने शिक्षा प्रदान गर्ने लक्ष्य लिएको विश्वविद्यालयले स्थापनाको छोटो समयमै आगामी असार महिना देखि स्नातकोत्तर तहमा एम टेक इन आइटी र एम तहको अध्यापन सञ्चालनगर्न लागेको छ।
प्रा.डा. घिमीरे करीब डेढ वर्षसम्म नेपालगन्जमा रहेको प्रशासनिक भवनमै पढाइ सञ्चालन गरेको विश्वविद्यालयले गत पुस महिनादेखि भने नेपालगन्जको धम्बोझी स्थित कृषि विकास बैङ्कको क्षेत्रीय कार्यालयको तीन वटा भवन भाडामा लिएर सोही भवनमा पढाइ सञ्चालन गरिरहेको बताउनुभयो । इन्जिनियरिङ तथा सूचना प्रविधिको डीनको कार्यालय समेत यहीँबाट सञ्चालन भएको छ भने बैङ्कसँग पाँच वर्षका लागि उक्त भवनहरु भाडामा लिने सम्झौता गरेको हो ।