शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

नेपालगञ्जबाट काठमाण्डौ जॉदै गरेको बस दाङको भालुवाङमा दुर्घटना १२ जनाको मृत्‍यु, २३ जना यात्रु घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २८ पुष, २०८०

नेपालगञ्जबाट काठमाण्डौ जॉदै गरेको बस दाङको भालुवाङमा दुर्घटना १२ जनाको मृत्‍यु, २३ जना यात्रु घाइते

दाङ। नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको रात्रि बस गएराति दाङको भालुवाङमा दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ ।

भे १ ख ३९१२ नम्बरको बस गएराति राप्ती पुलबाट खसेर दुर्घटना इलाका प्रहरी कार्यालय भालुवाङ देउखुरीले जनाएको छ ।

 

मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० का कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुन बहादुर रावत, बाँकेका वर्ष ३०का रामवरण हरिजन, रुकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको प्रहरीले जनाएको छ। शवलाई लमहीको अस्पतालमा पठाइएको छ । २३ जना घाइतेलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको पनि प्रहरीले जनाएको छ ।

 

 

त्‍यस्‍तै बस दुर्घटना २३ जना यात्रु घाइते समेत भएका छन् । प्रहरीका अनुसार  घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

शवलाई लमहीको अस्पतालमा पठाइएको छ भने २३ जना घाइतेलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए। 

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg