राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३० बैशाख, २०८२
३० बैशाख, नवलपरासी । पुर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक खण्डको मध्यबिन्दु न.पा. वडा नं. ७ र ८ जोड्ने गिरुवारी खोलाको पुलको बीच भाग भाचीदाँ जोखिम भएकोले पुलबाट आवतजावातमा रोकिदा अवरुद्ध सडक भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वपश्चिम राजमार्गको नारायणघाटबुटवल सडक खण्डको मध्यबिन्दु नगरपालिका वडा नं ७ र ८ जोड्ने गिरुवारी खोलाको पुलको बीच भाग भासिदा जोखिम भएकोले पुलबाट आवतजावातमा रोकिदा अवरुद्ध सडक भएको छ ।

जिल्ला प्रहरी कार्यालयका नवलपुरका अनुसार मल्टी एक्सल टेलरहरू बाहेकका सवारीहरू पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिण लागि तम्सरिया गाउँबाट हाल ९पानी नभएको० खोला तरेर रानिटार हुँदै फूलबारी अथवा भिउरान हुँदै अरुणखोलाको बाटो प्रयोग गर्न सकिने बताएको छ ।
त्यसैगरी पश्चिमबाट आएका सवारी साधनको हकमा फूलबारीबाट दक्षिण लागि रानिटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कने वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।