आईतवार, १० कार्तिक, २०८२

निःशुल्क आँखा र कान शिविर सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ माघ, २०८०

निःशुल्क आँखा र कान शिविर सम्पन्न

नेपालगन्ज(बाँके) पवन जायसवाल ।बाँकेको गौरव स्मृति तथा बि योर सेल्फ फाउन्डेशनद्वारा पाटेश्वरी आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर माघ २० गते शनिवार सम्पन्न भएको छ ।

नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ भुजईगाउँमा रहेको श्री पाटेश्वरी आधारभूत विद्यालयमा गौरव स्मृति तथा बि योर सेल्फ फाउन्डेशनद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बिद्यार्र्थीहरुको आँखा तथा कान निःशुल्क जाँच गरी औषधी पनि निःशुल्क रुपमा बितरण गरिएको फाउन्डेशनका संस्थापक प्रदी शाहले बताएका छन् ।

बि.सं. २०५२ सालमा स्थापित श्री पाटेश्वरी आधारभूत विद्यालयकामा गौरव स्मृति तथा बि योर सेल्फ फाउन्डेसनका सचिव तथा कार्यबाहक अध्यक्ष सुखराम ठाकुरको अध्यक्षतामा बिद्यालयका संस्थापक अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवराम वर्माको प्रमुख आतिथ्यमा सम्पन्न निःशुल्क आँखा तथा कान शिविरमा आँखा तर्फ २ सय ४८ जना र कान तर्फ २ सय ६२ जना बिद्यार्थीहरुले  प्रत्यक्ष रुपमा लाभ लिएका छन् । 

उक्त निःशुल्क आँखा तथा कान शिविरमा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–५ स्थित बिर्नोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्जका  कान प्राविधिक दामोदर चौधरी र सीता चौधरीले चेक जाँच गरेकी थिइन । यसरी आँखाको जाँच तिर्फ वरिष्ठ नेत्ररोग सहायक उदय नारायण मिश्र र नेत्र सहायक बिज्रेस मिश्र, नूर मोहम्मदले आँखाको जाँच गर्नु भएको थियो भने फाउन्डेसनका कोषाध्यक्ष बिजय कोरी, सह–सचिव प्रेमा शाही, सदस्य मुन्सी हज्जाम, शिवम् शाह लगायतले सहयोग गरेका थिए ।

उक्त निःशुल्क स्वास्थ्य शिविरमा श्री पाटेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक भुकुटीतारा शाही, शिक्षकहरुमा ओम प्रकाश त्रिपाठी, सीता देवी उप्रेती, करुणा कुमारी सिंह, सुन कुमारी थापा, खेमराज उपाध्याय, तेजश्विनी वर्मा, उमा श्रीवास्तव, रुपा बिष्ट, उमेश वर्मा, कार्यालय सहयोगी, नोकी क्षेत्री, सुन्तली क्षेत्री, बिद्यालय व्यवस्थापन समिति सल्लाकार कृष्णदत्त बिष्ट, संस्थापक महिला सदस्य ओम कुमारी थापा, गणेश कुमार शाही, समिति महिला सदस्य सायरा अन्सारी, सदस्य बिनोद नाउँ लगायतको सक्रिय सहभागितामा सम्पन्न भएको छ ।   संस्थाको कोषाध्यक्ष विजय कोरी, सह–सचिव प्रेमा शाही, सदस्य मुन्सी हज्जाम, शिबम् शाह लगायतको उपस्थिति भएको थियो ।
 

निःशुल्क आँखा र कान शिविर सम्पन्न

advertisement_1676553851.gif