राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ५ माघ, २०८०
नेपालगंज(बाँके) पवन जायसवाल । बाँके खजुरा गाउँपालिकको सबै वडाहरुमा सञ्चालित निःशुल्क आँखा शिविरमा १ हजार १ सय २७ जना आँखाका बिरामीहरु लभान्वित भएका छन् सम्पन्न भएको छ ।.
नेत्र ज्योति संघ फत्तेबाल आँखा अस्पताल नेपालगञ्जको आयोजना र खजुरा गाउँपालिकाको समन्वयमा पौष २२ गते देखि माघ ३ गते सम्म गाउँपालिकको सबै वडाहरुमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । .
नेपालगञ्जको देखि पश्चिम खजुरा गाउँपालिकमा आँखा स्वास्थ्य कार्यक्रम संचालन गरी वडा स्तर सम्म आँखा सेवा पु¥याउनका लागी नेपाल नेत्र ज्योति संघ फत्तेबाल आँखा अस्पताल नेपालगंजको आयोजना र खजुरा गाउँपालिकको समन्वयमा खजुरा गाउँपालिकको सबै वडाहरुमा निःशुल्क आँखा शिविर गरिएको छ ।
फत्तेबाल आँखा अस्पताल नेपालगञ्जका कार्यक्रम अधिकृत उमेर अहमद सादिकका अनुसार राधापुर स्वास्थ्य चौकी, सीतापुर स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र खजुरा, स्वास्थ्य चौकी ई गाउँ, स्वास्थ्य चौकी उढरापुर, स्वास्थ्य चौकी गिजरा, स्वास्थ्य चौकी सोेनपुर र स्वास्थ्य चौकी रनियापुर लगायत उक्त शिविरमा १ हजार १ सय २७ जना स्थानीयवासीहरुले आँखा जाँच गराई लभान्वित भएका छन् र आँखाका बिरामीहरुले औषधि पनि निःशुल्क प्राप्त गरेका छन् र मोतीबिन्दु रोगले एउटा आँखाको दृष्टि गुमाएका २ सय ८४ जना बिरामीहरुलाई सहुलियत दरमा आँखाको अप्रेशन गराउनका लागी फत्तेबाल आँखा अस्पताल नेपालगञ्जमा जानका लागी सल्लाह दिएको छ ।
निःशुल्क आँखा शिविर सञ्चालनमा सहयोग र प्रभावकारी प्रचारप्रसारका लागि सम्बन्धित स्वास्थ्य चौकीका प्रमुख, कर्मचारीहरु र स्वयंसेविकाहरुको सहयोग रहेको थियो ्र
आँखा शिविरलाई निरन्तरता दिंदै यही माघ ७ गते देखि १० गते सम्म बैजनाथ गाउँपालिकको सम्पूर्ण वडाहरुमा निःशुल्क आँखा शिविर सञ्चालन गरिने फत्तेबाल आँखा अस्पताल नेपालगन्जका प्रबन्धक डा. कौशल कुमार वर्माले जानकारी गराउनु भएको छ ।