राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २५ चैत्र, २०८१
नेपालगन्ज। गोपालनीना फाउण्डेशनले नरैनापुरमाआयोजना गरेको निःशुल्क स्वास्थ्यशिविरबाट ५ सय ३२ जनालाभान्वितभएका छन् । नरैनापुर गाउँपालिका वडा नं.३ मासम्पन्नउक्तशिविरमासर्वसाधारण स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वितभएकाहुन् ।
फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारीअनुसारलक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमास्वास्थ्यशिविरबाट ५ सय ३२ जनाको विभिन्न रोगकाविशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण सहितनिःशुल्कआषधिवितरण गरिएको थियो ।शिविरमा ५९ प्रकारकाओैषधी सहितस्वास्थ्यसेवालिएको फाउण्डेसनकाप्रबन्धकनिर्देशकदिलिपगिरिले बताउनु भयो।
निःशुल्क स्वास्थ्यशिविरमाफाउण्डेशनका अध्यक्ष तथावरिष्ठ चिकित्सक डा. गौरव श्रेष्ठ, डा. तृप्तीपाल रमण,डा. नैमुद्दीन अन्सारी, डा. मेघा मण्डल, डा. ऋषभश्रीवास्तव, डा.हिमाँशु कर्माचार्यद्वारा सर्वसाधारण गाउँलेहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका प्रमुख इश्तियाक अहमद शाहले निःशुल्क शिविर नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका नागेन्द्र कुमार शाह र नविन बुढाथोकी,औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जका टिम लगायत नरैनापुर गाउपालिको स्वास्थ्यशाखा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखल गायतको उपस्थिति रहेको थियो ।
गोपालनीना फाउन्डेसनको मुख्य आयोजना सम्पन्न सो शिविरमा फाउण्डेशन कोमेडिकल टिम, नरैनापुर गाउँपालिका, अन्नपूर्ण ग्याष्ट्रो हस्पिटल, संजीवनी मेडिकल कलेज अफ मेडिकल साइन्स, गणेशमान चोक ड्रस स्टोर, सेभेन क्याफे, नेपालगन्ज लार्जको सहकार्यभएको फाउण्डेसन प्रबन्धक निर्देशक दिलिप गिरिले बताउनुभयो।
उक्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गर्नका लागि फाउण्डेसनका स्वयंसेवकहरु अनुप आर्या,प्रतिभा पौडेल,लोकनाथ शर्मा लगायतको टिमको सक्रिय सहयोग रहेको थियो ।उल्लेखनीय छ, २०७९ फाल्गुनमा स्थापित उक्त फाउण्डेसनले यसअघि स्थानीय जनमत अद्र्ध साप्ताहिक, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके, हेल्थयादआयो (मोवाइल हेल्थएप)को समन्वय र सहकार्यमा तीन पटक वृहद् रक्तदानकार्यक्रम गरेको थियो ।
यसैगरि फाउण्डेशनलेसरसफाई कार्यक्रम, नील सागर आश्रममा स्वास्थ्य परीक्षण, आश्रितहरुका लागि विहानको खाना र बालबालिकालाई शैक्षिक सामाग्री वितरण, वृक्षारोपण कार्यक्रम,मानव सेवा आश्रममा आश्रितहरुका लागि विहानको खाना सहित अत्यधिक जाडो भएकोले न्यानो सिरक वितरण लगायत विभिन्न सामाजिक क्रियाकलाप तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपाल प्रसाद श्रेष्ठ र प्रसिद्ध वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीनाश्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा फाउण्डेशन स्थापना गर्नु भएको थियो । नेपालगन्ज–१० निवासीवरिष्ठ चिकित्सकद्वयश्रेष्ठ २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत हुनुहुन्छ ।