राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २९ बैशाख, २०८२
२८ बैशाख २०८२, नवलपरासी । मध्यविन्दु नगरपालिकाको चोरमारास्थित गिरवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । सडकमा सयौं सवारी लाम लागेका छन् ।
अत्यधिक भारसहितको ट्रक पुल पार गर्न लाग्दा भाँचिएपछि सुरक्षाकर्मीले आउजाउ बन्द गराएको छ । रानीबारी क्षेत्रको वैकल्पिक मार्गबाट सवारी खुलाउने प्रयासमा प्रहरी लागेका छन् ।
पुल भाँचिएपछि ट्रक पुलमै छाडेर चालक भागेका छन्।