शुक्रबार, २८ चैत्र, २०८१

नवलपरासीमा ११ वर्षीय बालिकाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २२ जेष्ठ, २०८०

नवलपरासीमा ११ वर्षीय बालिकाको मृत्यु

सुरेश यादव,नवलपरासी/जेठ २२ । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं १० नदवा स्थित माछा पोखरीमा पौडी खेल्ने क्रममा ११ वर्षीय बालिकाको मृत्‍यु भएको छ।

खोटाङ दिपरुङ गाउँपालिका वडा नं २ घर भएका नवलपरासीका रामग्राम-१० स्थित पेप्सी फ्याक्टीमा काम गर्दै आएका लेखराज खत्रीको छोरीहरू क्रमश: अन्‍दाजी ११ वर्षीय युनिषा खत्री त्‍यस्‍तै अन्‍दाजी ७ वर्षीय मुना खत्री पौडी खेल्‍ने क्रममा डुबेको अवस्‍थामा देखेपछि उद्धार गरि जिल्‍ला अस्‍पताल पृथ्वी चन्द्र अस्पताल परासी लगिएको थियो। ११ वर्षीय युनिषा खत्रीलाई अस्‍पतालले मृत्‍यु घोषणा गरेको जिल्‍ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायब निरीक्षक भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।

अस्‍पताल स्रोतका अनुसार मुना खत्रीको अवस्‍था सिरियस रहेकोले सामान्‍य उपचार पश्चात थप उपचारका लागी भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको नवलपरासी प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्‍वमा ७ जनाको टोली गई थप अनुसन्धान कार्य भई रहेको सुचना अधिकारी पाण्डेले बताउनुभयाे । उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट ३ कि.मि. पश्चिम तिर रहेकाे छ ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif