आईतवार, १० कार्तिक, २०८२

पाल्पाबाट बुटवल फर्कदै गरेको बोलेरो दुर्घटना, ३ जनाको मृत्यु, २ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३१ जेष्ठ, २०८१

पाल्पाबाट बुटवल फर्कदै गरेको बोलेरो दुर्घटना, ३ जनाको मृत्यु, २ जना घाइते

पाल्पा,जेठ ३१ । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप हिजो राति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।

नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार सडकदेखि करिब सय मिटर तल खसेको थियो । दुर्घटनमा परी मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१० का कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छबिलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते उनीहरुलाई उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

जिप दुर्घटना ओरोलो घुम्ती सडकमा भएको छ ।

advertisement_1744958411.jpg