राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ५ जेष्ठ, २०८०
पाल्पा। पाल्पाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण हुने भएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेष्ठ ४ गते देखि सवारी चालक अनुमति पत्रको नविकरण सेवा सुरु गरेको जनाएको छ ।
कार्यालयले बिहीबार सूचना जारी गरी सेवा सुरु भएको सूचना मार्फत जनाएको गराएकाे हाे ।
तानसेन नगरपालिका ७ बतुंङ देवकाेटाचाेकमा रहेको सेवा कार्यालयमा नविकरणका लागि सक्कल नागरिकताको प्रमाण पत्र, सक्कल सवारी चालक अनुमति पत्रको प्रमाणपत्र र निरोगिताको प्रमाणपत्र आवश्यक पर्ने कार्यालय प्रमुख केशव सुनारले जारी गरेको सूचनामा उल्लेख छ ।