शुक्रबार, २८ चैत्र, २०८१

पाल्‍पा-बुटवल सडकखण्ड अन्‍तर्गत सिद्धबाबा सुरूङमार्गमा टनेल पोर्टल को निर्माण शुरू

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ९ जेष्ठ, २०८०

पाल्‍पा-बुटवल सडकखण्ड अन्‍तर्गत सिद्धबाबा सुरूङमार्गमा टनेल पोर्टल को निर्माण शुरू

पाल्‍पा। बुटवल–पाल्पा सडकखण्डको शिद्धबाबामा निर्माणाधीन सुरूङमार्गमा सडक डाइर्भसन सकेर टर्नेल पोर्टलको काम निर्माणको कामले सुरू भएको छ।

तिनाउ गाउँपालिका–३ मा मृत्यु मार्गको रूपमा चिनिदै आएको शिद्धबाबा बन्ने सुरूङमार्ग क्षेत्रमा लामो समयदेखि सुरूङमार्ग बन्‍ने चर्चा चलेको सुरूङमार्ग सडक डाइर्भसन सकेर टर्नेल पोर्टलको काम अगाडि बढेको हो ।

१ हजार १२६ मिटर लामो सुरूङ पाल्पाको दोभानबाट शुरु भएर बुटवलको चिडिया खोला स्थित रामपिथेकस पार्कसम्म बन्‍ने भएको छ ।

बुटवल–पाल्पा सिद्धार्थ राजमार्गमा सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि पटक-पटक ठूलो दुर्घटना हुदै गरेको वर्षौंदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरूङमार्गको निर्माण अघि बढाएको हो ।

स्विस सरकारको विकास सहयोगमा सुरूङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको सुरूङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का सम्‍झौता गरि ठेक्‍का प्रदान गरिएको हो ।

रातिको समयमा बाटो बन्द गरेर काम भइरहेको परियोजनाको लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif