राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १७ पुष, २०८१
१७ पुष, पाल्पा । पोखराबाट पाल्पा हुँदै सुनौलीतर्फ जादै गरेको भारतीय स्कार्पिओ दुर्घटना भएको छ । भारतीय स्कार्पियो बगनासकाली गाउँपालिका–३, आर्यभाङ्ज्याङ् नजिकै बुधबार बेलुकी ७ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी छ जना भारतीय नागरिक घाइते भएको प्रहरी जनाएको छ । प्रहरीका अनुसार घाइतेको अवस्था भने सामान्य रहेको छ ।
सिद्धार्थ राजमार्ग हुँदै सुनौलीतर्फ गइरहेको बिआर २२ बिडी २०३० नम्बरको भारतीय स्कार्पियो स्कार्पिओ सडकदेखि १५० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
घाइतेलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । दुर्घटना के कारणले भएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।