आईतवार, १० कार्तिक, २०८२

पाल्पाको कौडेलेकमा स्थानीयबासीले बनाए भ्यु टावर

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ असार, २०८१

पाल्पाको कौडेलेकमा स्थानीयबासीले बनाए भ्यु टावर

अमृत अधिकारी, पाल्पा, असार २ । पाल्पाको माथागढी गाउँपालिका–३ स्थित कौडेलेकमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न दृश्व अवलोकन पूर्वाधार (भ्यु टावर) निर्माण गरिएको छ । स्थानीय बासिन्दा, भारतीय भूपूसैनिक, ब्रिटिस तथा अन्य देशमा कार्यरत ओलेसका बासिन्दाले कौडेलेकमा दृश्य अवलोकन लागति भ्‍यु टााावररको निर्माण गरेका हुन् । 

दृश्व अवलोकन पूर्वाधार भ्यु टावरको उद्घाटन गर्नुहुँदै लुम्विनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले ओलेस गाउँ र कौडेलेकलाई भौतिक विकास मात्र नभई स्थानीयकाे आर्थिक र सामाजिक  विकाससँग जाेडेर जानुपर्नेमा जाेड दिनुभयाे । उहाँले होमस्टे सहितको पर्यटकीय क्षेत्रका रुपमा कौडेलेक र ओलेसलाई विकास गर्न सकिने र त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीय बासिन्दा सक्रिय भएर भ्यु टावर निर्माण गर्नु आफैमा अत्यन्तै सह्रानीय कार्य रहेको प्रदेशसभा सदस्य सारूकाे भनाइ छ । 

यस्तै माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले कौडेलेक आफैमा पर्यटकीय स्थल भएपनि साेचे अनुसारकाे विकास हुन नसकेकाे बताउनुभयाे । उहाँले गाउँपालिकाले पर्यटकीय पूर्वाधार निर्माणका साथै हाेम स्टे संचालनका लागि तालिममा स्थानीयलाइ सहयाेग गरेकाे बताउनुभयाे । उहाँले स्थानीय सरकारले ओलेसका जनताको माग अनुसार लगानी गर्न तयार रहेको उल्लेख गर्नुभयो । लुम्विनी प्रदेश सरकारका पूर्व मन्त्री रमा घर्तीले ओलेस र कौडेलकको विकासका लागि प्रचारप्रसारको अभाव रहेको र प्रचारप्रसार गर्नुपर्ने कुरामा जोड दिनुभयो । 

advertisement_1680627706.gif