शुक्रबार, १० माघ, २०८२

पाल्पाको मित्यालमा जिप दुर्घटना, तीन जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २७ मंसिर, २०८२

पाल्पाको मित्यालमा जिप दुर्घटना, तीन जनाको मृत्यु

२०८२ मंसिर २६, पाल्पा । पूर्वी पाल्पाको निस्दी गाउँपालिका स्थित मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्यालमा जिप दुर्घटना हुँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको छ । पाल्पाको मित्याल देखि नवलपुर जिल्लाको लागि छुटेको लु १ ज ३९०८ नम्बर को फोर्स जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ ।

उक्त सडकको चिउरेबास पहिलो घुम्ती नजिक एकल फुक्सी भन्ने ठाउँमा रोकेर मान्छे झार्ने क्रममा झन्डै ६ सय मिटर तला खोल्सामा जिप खसेको हो । जिपमा कति यात्रु सवार थिए भन्ने यकिन नभए पनि ५ जना घाइतेलाई भने उद्धार गरि रामपुर अस्पताल पठाइएको छ ।

घाइतेको स्थानिय र मित्याल प्रहरी चौकीबाट खटिएको टोलीले उद्धार जारी राखेका छन । दुर्घटना भएको स्थल आग्लो भिर भएकोले उद्धारमा कठिनाइ भएको मित्यालका स्थानिय पुनाराम सुनारीले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुशन्धान गर्न इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरिक्षकको कमाण्डमा थप टोली खटिएको छ ।

दुर्घटनामा मृत्यु भएका तीन जनाको भने परिचय खुल्न सकेको छैन ।

advertisement_1676551646.gif