आईतवार, १० कार्तिक, २०८२

पाल्पाको निस्दीमा आगलागी बाट एक घरगोठ जलेर नष्ट

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १० बैशाख, २०८२

पाल्पाको निस्दीमा आगलागी बाट एक घरगोठ जलेर नष्ट

१० वैशाख २०८२, पाल्पा । पाल्‍पाको निस्दी गाउँपालिका–१ मा आगोलागी बाट एक घरगोठ जलेर नष्ट भएको छ । वनमा लागेको डढेलो बस्तीमा पस्दा बाकामलाङ जुरेडाँडाका स्थानीय दिल बहादुर सारुको घरगोठ जलेर नष्ट भएको छ ।

घरमा कोही नभएको अवस्थामा मंगलबार अपरान्हमा लागेको आगोले सारुकोे घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । गोठमा रहेको एक वटा गाई, एक वटा भैंसी र साना पाठापाठी र माउ गरी २० वटा बाख्रा जलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो । आगलागी बाट घर भित्र रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा संगै ३० हजार बराबरको नगद र डेढ तोलाको गरगहना समेत जलेर नष्ट भएको छ ।

आगोलागी बाट २५ लाख भन्दा बढीको क्षति भएको हो । घर नजिकै जंगलमा लागेको आगो हावाहुरी चले पछि बस्तीमा पसेको थियो । आगो निभाउन स्थानीयहरु छिमेकी गाउँ बाट पनि पुगेका थिए । साँझ पख मात्र आगो नियन्त्रणमा आएको हो । केलादी प्रहरी चौकीका अनुसार जंगलको आगो हावाले उडाएर सुरुवातमा गोठमा सल्किएको थियो । खरले छाएको गोठ संगै खर र जस्ताले छाएको घरमा क्षति गरेको हो ।

advertisement_1676998982.gif