मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

पाल्पाका पर्यटकीय स्थलहरूमा ‘साइकल यात्रा’ सुरु (तस्विर सहित)

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २३ कार्तिक, २०८१

पाल्पाका पर्यटकीय स्थलहरूमा ‘साइकल यात्रा’ सुरु (तस्विर सहित)

पाल्‍पा, कार्तिक २३ । पाल्पाका पर्यटकीय स्थलहरूमा ‘साइकल यात्रा’ सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि प्रचारप्रसार गर्न शुक्रबारदेखि साइकल यात्रा सुरु भएको हो ।

‘हेरिटेज राइड–२०८१’ को नाम दिइएको यात्रामा जिल्लाका एतिहासिक, धार्मिक र सांस्कृतिका स्थलको अवलोकन गराइने आयोजक पाल्पा साइक्लिङ संघले जनाएको छ । साइकल यात्रा दुई दिनसम्म हुने जिल्ला साइक्लिङ् सङ्घका अध्यक्ष रुपेश महर्जनले बताए ।

हेरिटेज राइड बिहान तानसेनको टुंडिखेलबाट सुरु भएको थियो । पाल्पासहित देश विभिन्न जिल्लाबाट सहभागी हुन आएका एक सय ५० खेलाडीलाई जिल्लामा भएका ऐतिहासिक पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने उद्देश्य अनुरुप सम्पदा यात्रा सुरु गरिएको संघका अध्यक्ष रुपेश महर्जनले जानकारी दिए।

 पाल्पाको ऐतिहासिक एवं पर्यटकीय स्थलहरू रानीमहल, भैरवस्थान, रुरु क्षेत्र, अर्गली दरबार, पाल्पा दरबार सङ्ग्रहालय, लिस्नेभिर, देवदत्त पार्कलगायतका स्थानमा साइकल यात्री पुग्ने कार्यक्रम रहेको अध्यक्ष रुपेश महर्जनले जानकारी दिए ।

यात्राका क्रममा स्थानीय कला संस्कृतिको प्रस्तुति समेत राखिएको आयोजकले जनाएको छ । शुक्रबारदेखि सुरु भएको साइकल यात्रामा सहभागीलाई तानसेनका, रिव्दीकोट र रूरू धाम रिडिका स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।

 

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg