राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ५ कार्तिक, २०८०
पाल्पा। पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् ।
आइतबार बेलुकी ५ बजेतिर भएको दुर्घटनामा परी नवलपरासी जिल्ला देवचुली नगरपालिका–१६ का रजघराका ६५ वर्षीय कृष्ण बहादुर लोहनी, लम्जुङ् जिल्ला बेसीशहर नपा २ बस्ने ५५ वर्षीया चुना धिताल रहेको प्रहरीले जनाएको छ।
यस्तै देवचुली नगरपालिका- १६ की ३५ वर्षीया सविना धिताल, ५५ की वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी र साढे दुई वर्षका इशव लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनामा परी गम्भीर घाइते चालक देवचुलीकै ३५ वर्षीय इश्वर लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिए। घाइते लोहनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
रानीमहल पुगेर तानसेनतर्फ फर्किएको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बर जीप सडकदेखि तल पहाडको खोचमा खसेको थियो । खोचमा खसेको जिप र घाइतेलाई उद्दारम कठिनाइ भएको थियो ।
के कारणले दुर्घटना भएको हो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।