शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

पाल्पाका सांसदहरूले ज्ञापन पत्र बुझाए

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ५ जेष्ठ, २०८०

पाल्पाका सांसदहरूले ज्ञापन पत्र बुझाए

काठमाडौं। पाल्पा जिल्लाको समग्र बिकास निर्माण संगै विद्युत आपूर्तिको निम्ति पुराना संरचनाको मर्मत तथा सुधार गरि नयाँ संरचनाहरु समेत थप गर्दै विद्युत आपूर्ति समस्याको समाधानका निम्ति विशेष अनुरोध सहित पाल्पा जिल्ला प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरे र नारायण प्रसाद आचार्यले उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयमा सयुक्‍त रूपमा ज्ञापन पत्र बुझाएका छन।

विगत लामो समय देखी पाल्‍पा जिल्‍लाको सदुरमुकाम तानसेन लगायत जिल्‍लाका ग्रामिण वस्तिवहरूमा विद्युत आपुर्तिमा समस्‍या देखिएको पाल्‍पाबासिको गुनासो आएको थियो। यस विषयमा पटक-पटक उर्जा, जलस्रोत तथा सिंचाई मन्‍त्रालय, नेपाल विद्युत प्राधिकारण केन्‍द्रीय कार्यालयमा अनुरोध गर्दै आएप‍नि समस्‍या समाधान हुन नसके‍पछि सयुक्‍त रूपमा ज्ञापन पत्र बुझाएको सांसद ठाकुर प्रसाद गैरेले बताउनु भयो।

लामो समयदेखि पाल्‍पाली जनताले भोग्‍नुपरेको लोड लोडसेडिङ्गले पाल्‍पाली जनताले दैनिकीमा निकै समस्‍या उत्‍पन्‍न भएको छ। सरकारी कार्यालयहरुबाट हुने सार्वजनिक सेवा प्रवाहमा समेत समस्या भई जनताले नियमित सेवा पाईरहेको अवस्था बनेको आज रहेको सासंद गैरेले बताए।

जिल्लामा संचालित स्वास्थ्य संस्था, अस्पताल, विद्यालय र क्याम्पसहरुको पठनपाठनमा अवरोध पैदा हुनुको साथै लिफ्टिङ खानेपानी योजना, साना तथा घरेलु उद्योगहरु, विद्युतबाट संचालित उद्योगहरु, व्यवसाय तथा सेवाका क्षेत्रहरु संचालनमा अवरुद्ध हुने जस्ता समस्याहरुले सम्पुर्ण रुपमा पाल्पा जिल्ला शिथिल बनेको अवस्थामा आज समाजका हरेक गतिविधि र राज्य व्यवस्था संचालन सम्पुर्ण रुपमा विद्युत निर्भर बन्दै गएको अवस्थामा छ।पाल्पा जिल्लाको विद्युत आपुर्तिमा देखा परेका समस्याको कारण पहिचान गरि उक्त समस्याको दिर्घकालिन समाधानका निम्ति माग गरेको सासंद नारायण प्रसाद आचार्यले बताउनु भयो ।

साथै पाल्पा जिल्लाको समग्र विकास निर्माण गर्न विद्युत आपुर्तिको निम्ति पुराना संरचनाको मर्मत तथा सुधार गरि नयाँ संरचनाहरु समेत थप गर्दै विद्युत आपुर्ति समस्याको दिर्घकालिन समाधानका निम्ति ज्ञापन पत्र बुझाएको नारायण प्रसाद आर्चाय सासंद सचिवालयले जनाएको छ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg