आईतवार, १० कार्तिक, २०८२

पाल्पाकाे सिद्देश्वरमा जिप दुर्घटना : तीन जनाकाे मृत्यु, दुई जना गम्भीर घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १५ बैशाख, २०८२

पाल्पाकाे सिद्देश्वरमा जिप दुर्घटना : तीन जनाकाे मृत्यु, दुई जना गम्भीर घाइते

१५ बैशाख २०८२, पाल्पा । जंगलमा लागेको डढेलो निभाउन गएको जीप पाल्पाको सिद्देश्वरमा आइतबार राति दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा दुई जना घाइते भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका- १ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउने जाने क्रममा भएको दुर्घटनामा परी स्थानीय ३६ वर्षीय दीपेन्द्र बुढामगर, ३१ वर्षीय चेतनारायण विक (सुनार) र २३ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको हो ।

यस्तै सोही स्थानका जिप चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढा गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । 

गएराति  १० बजेतिर सिद्धेश्वरको असारेस्थित भित्री सडकखण्डमा लु १ ज २३७७ नम्बरको जिप दुर्घटनामा परेको थियाे । दुर्घटनामा परेर गम्भीर रहेका तीन जनालाइ अस्पताल ल्याइएपनि चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । जिप सडकदेखि दुई सय मिटर तल खसेकाे थियाे । 
घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । 

advertisement_1680627706.gif