शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

पाल्पाका सय बढी चिकित्सक आन्‍दोलनमा, सुरक्षाको ग्‍यारेटी नभएसम्‍म आन्‍दोलन जारी राख्‍ने

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ आश्विन, २०८०

पाल्पाका सय बढी चिकित्सक आन्‍दोलनमा, सुरक्षाको ग्‍यारेटी नभएसम्‍म आन्‍दोलन जारी राख्‍ने

पाल्पा । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै पाल्‍पाका चिकित्सकहरू सडकमा आई आन्दोलनमा उत्रिएका छन् ।

पाल्‍पा‍को तानसेन बजारमा चिकित्सकहरू काम छाडेर सुरक्षा माग गर्दै लुम्बिनी मेडिकल कलेज तथा टिचिङ अस्पतालका १ सय भन्दा बढी चिकित्सकहरू बिहिबार आन्दोलनमा उत्रिएका हुन।  

हेटौडा, चितवन, पोखरा, गुल्‍मी मोरङ लगायतका जिल्लामा श्रृंखलाबद्धरुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नियोजितरुपमा आक्रमण भएको भन्‍दै यस्‍तो अवस्‍थामा सेवा दिन नसकिने अवस्था सिर्जना भएको आन्दोलित चिकित्सहरूकले बताएका छन् ।

 आन्‍दौलनमा सहभागी चिकित्‍सकहरूले नेपाल सरकार गृह प्रशासनले, स्थानीय सरकारले यसलाई खासै गम्भीर रूपमा नलिएर कानुनी प्रक्रिया अगाडि नबढाएकोले खेद प्रकट समेत गरेका थिए।

पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल, रामपुर अस्पताल र निजी मेडिकलका चिकित्सक भने आन्‍दोलनमा सहभागी नभएको बताइएको छ।

तानसेन बसपार्कमा भेला भएका चिकित्सकहरू तानसेन नगरपालिका, टुँडिखेल, भीमसेनटोल, नारायणटोल, पाल्पा अस्पताल, लहरेपिपल हुादै पुनः टुडिखेलमा आएका थिए सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने चिकित्‍सकहरूले बताएका छन।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg