मंगलवार, २८ आश्विन, २०८२

पाल्पाको शक्तिपिठ, देवी भगवतीको मन्दिरहरुमा तरबार ठोक्काउँदै निकालियो सराय नाच

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २१ आश्विन, २०८२

पाल्पाको शक्तिपिठ, देवी भगवतीको मन्दिरहरुमा तरबार ठोक्काउँदै निकालियो सराय नाच

२०८२ असोज २१ पाल्‍पा । पाल्पाको विभिन्‍न स्‍थानहरूमा सराय नॉंच निकालिएको छ । दसैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाको दिन पाल्पाका कोतघर र देवी मन्दिरहरूमा 'वाख्यै हो' भन्दै तरवार नचाउँदै सराये नाच निकालिएको छ।  हरेक बर्ष विजया दशमीको अन्तिम दिन अर्थात कोजाग्रत पुर्णिमाको अवसरमा  सराय नाच निकाल्ने गरिन्छ ।

बाजा गाजा सहित एक आपसमा तरवार ठोक्काउदै कटवास पानीको खेल मैदानमा आइ तरवार नचाएर सराय नाच समापन गर्ने प्रचलन रहेको छ । आज दिन दशैको फुलपातीको दिन कोट घरमा राखिएको जमरालाई पानीका मुहान नजिक लगि सेलाउने चलन समेत रहेको छ ।  रैनादेबी छहरा गाउँपालिका स्थित गाउँपालिकाको वडा न ५ स्थित कोट्वासपानीमा अवस्थित मुझुङ्गको कालिका मन्दिरलाई तीन पटक परिक्रमागरि बाजा गाजा सहित एक आपसमा तरवार ठोक्काउदै कटवास पानीको खेल मैदानमा तरवार नचाउँदै सराय नाच सम्‍पन्‍न हुने कालिका मन्दिर व्यवस्थापन समितिका सल्लाहकार राम कार्कीले बताए ।

ऐतिहासिक महत्व बोकेको सराय नाच पालिकाका धार्मिक आस्थाका केन्द्रका रूपमा रहेका शक्तिपिठहरूको संरक्षण गर्न गाउँपालिकाले विस्तृत योजनाका साथ अगाडि बढ्ने पालिकाका अध्‍यक्ष रूकमागत भट्टराइले बताए । गाउँपालिकाले पालिकाका सबै वडाका धार्मिक एवम पर्यटकिय स्थलहरूको पहिचान गरि ती पर्यटकिय स्थलहरूको विकास गरि पर्यटकको आगमन वृद्धि गरि नागरिकको जीवन स्तरमा सुधार ल्याउने योजनाका साथ गाउँपालिका अगाडि बढ्ने बताए । 

सेन वशिय राजाहरूले नै सराय नाच्ने प्रचलनलाई फिजाएको र यो सराय नाचले छुट्टै सास्कृतिक पहिचान बनाएको तानसेन नगरपालिका वडा ११ बन्‍दीपोखरा का वडा अध्‍यक्ष यादव सिंह कार्कीले बताए । पश्चिम क्षेत्रकै धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको लिपिन्‍देवी मन्दिरमा विजयादशमीको अवसरमा हजारौं सख्यामा श्रद्वालुभक्तजनहरूको आगमन हुने हुदा मन्दिर व्यवस्थापन समिति, स्थानीय नागरिकहरू यस्को संरक्षण र प्रचार प्रसारमा जिम्मेवारी पुर्ण रूपमा लोगेको मंदिर व्‍यवस्‍थापन समितिका अध्‍यक्ष शेर बहादुर खातीले बताए  । 

झण्डै २ सय बर्ष पुरानो ऐतिहासिक महोत्व बोकेको मन्दिरबाट नै सराय नाचको शुरूवात भएको र पछि अन्य स्थानहरूमा सराय नाच निकाल्ने प्रचलन रहेको  रैनादेबी छहरा वडा न ५ का वडा अध्यक्ष हुमान सि कार्कीले सराय नाचको संरक्षणका लागि वडा कार्यालय र समग्र गाउँपालिका जुटेको बताए । विगतको समयमा कालिकाको सानो मन्दिर रहेको अवस्था हाल प्रदेश सरकारको सहकार्यमा मन्दिर निर्माण गर्न सफल भएको समेत बताए । 

सराय नाचको साथसाथै सास्कृतिक कार्यक्रम जोडेर धार्मिक एवम सास्कृतिक पर्वको रूपमा मनाउने गरेकोमा यस कार्यले विगतका पुर्खाहरूले सिम्पिएको कला र सस्कृतिकको संरक्षणसँगै पुस्ता हस्तान्तरण समेत महोत्वपुर्ण भुमिका निर्वाह गरेको पाल्‍पाकी प्रमुख जिल्‍ला अधिकारी विनु बज्राचार्य कुँवरले बताइन । 

युद्धकलासंग सम्वन्धित सराएँ नाच हेर्नका लागि छिमेकी जिल्ला रूपन्‍देही, अर्घाखांची गुल्मी लगायतका क्षेत्रमा आज सराए नाचेर धुमधामका साथ मनाइएको छ । नेपालीको रितिरिवाज सस्कृतिको जर्गना गर्ने उद्देश्यका साथमा सराय नाच बिगत देखिनै निकालिंदै आएको तानसेन नगरपालिका ११ सम्‍मोबारी स्थित लिपिन्‍देवी मन्द्रिर ब्यबस्थापन समितिका अध्‍यक्ष शेर बहादुर खातीले बताए । त्‍यस्‍तै देवी भगवतीले तरवारको प्रयोगबाट राक्षसहरुको बध गरी विजय प्राप्त गरेको सम्झनामा गाउँ–गाउँका देवी भगवतीको मन्दिरहरुमा सराए नाँच संगै वाख्खै र तरवार नाँच देखाउने परम्परा चल्दै आएको पुर्व डिआईजी राम कार्कीले बताए ।

कोजाग्रत पुर्णिमाको अवसरमा पाल्पाको लिपिन्देबी मन्दिर, रिब्दीकोट गाउँपालिकाको भारकोट,ख्याहा, लगायतका स्थानहरूमा तरवार नचाएर सराए नाच निकालिएको हो । विजया दशमीको अन्तिम दिन कोज्रागज पुर्णिमा आज पाल्पाको विभिन्न स्थान दशै घर अर्थात शक्तिपिठहरूमा विशेष पुजाआजाका साथै सराए नॉंच पञ्चेबाजा गाजाका साथ मन्दिर परिक्रमा गरि दशै अर्थात बडा दशैलाई फुलपाती टिका जमारा सहित दुर्गा पूजा गरेर कुविन्डो काटेर पुजा बिसर्जन गर्ने चलन रहेको छ ।

advertisement_1676551646.gif