आईतवार, १० कार्तिक, २०८२

पाल्पाको तिनाउमा डुबेर भारतीय युवक बेपत्ता

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ९ जेष्ठ, २०८२

पाल्पाको तिनाउमा डुबेर भारतीय युवक बेपत्ता

८ जेठ २०८२, बुटवल । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा विहिबार डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हनेमा भारतको महाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले ग्लोबल आवाजलाई जानकारी दिए ।

प्रहरीका अनुसार  अन्सारी आफ्ना दाजुभाइ र साथीहरू सहित बुटवल घुम्न आएका थिए। घुम्दै तिनाउ खोलाको ड्यामसाइड पुगेका उनीहरू पौडी खेल्ने क्रममा अन्सारी ड्यामको रहमा डुबेका थिए ।

डुबेका अन्सारीको शव अझै फेला नपरेको र खोजी कार्य जारी रहेको डिएसपी मल्लले बताए ।

advertisement_1744958411.jpg