आईतवार, १० कार्तिक, २०८२

पाल्‍पाको तिनाउमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २६ बैशाख, २०८२

पाल्‍पाको तिनाउमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

२६ बैशाख २०८२, पाल्‍पा । सिद्धबाबा आसपास क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बेलुकी पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा ड्याम साईड नजिकै भएको दुर्घटना हँदा चालक रुपन्देहीको सियारी गाउँपालिका–२, का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।

बुटवलबाट पाल्पातर्फ आउँदै गर्दा लु १ क २५१७ नम्बरको टिपर टायर अचानक पन्चर हुँदा टिप्पर सडकदेखि ६५ मिटर तल तिनाउ नदीमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुर्घटनामापरि चालक यादव गम्भीर घाइते भएको र प्रहरी टोलीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको प्रादेशिक अस्पताल पुर्‍याइएका घाइते यादवलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676998982.gif