मंगलवार, १२ कार्तिक, २०८२

पाल्पाली संगमले काठमाडौँमा पाल्पा महोत्सबको आयोजना गर्दै।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ५ बैशाख, २०८०

पाल्पाली संगमले काठमाडौँमा पाल्पा महोत्सबको आयोजना गर्दै।

पाल्पा। पाल्पा जिल्ला बाट काठमाडौँमा बसोबास गर्दै आइरहेका व्यक्तिहरुको संगठन पाल्पाली संगमले यही बैशाख ९ गते काठमाडौँ को राष्ट्रिय  सभा गृहमा पाल्पा महोत्सबको आयोजना गर्दै छ।

मेलामा गीत संगीत को साथै पाल्पाली परिकारहरु तथा पाल्पामा उत्पादन हुने मुख्य बस्तुहरु ढाका ,करुवा ,कफी लगाएतका सामानहरुको स्टल राखी  प्रदर्शनी हुने  छ।पाल्पाली राष्ट्रिय कलाकारहरु ले बिशेष गरि उक्त कार्यक्रममा भाग लिने बताइएको छ। पाल्पाका पर्यटकीय ,धार्मिक तथा संस्कृतिक गन्तब्य हरुको फोटो प्रदर्शनी हुनु का साथै निशुल्क स्वास्थ्य शिविर को पनि आयोजना गरिएको बताइएको छ।

 पाल्पाली संगमका अध्यक्ष बिष्णु खत्री का अनुसार महोत्सब ले पाल्पा मा रहेका पर्यटकीय ,सांस्कृतिक तथा धार्मिक गन्तब्य हरुको पहिचान आम नेपाली हरुको बिचमा गराउदा त्यसले पाल्पाको समग्र बिकास मा टेवा पुग्ने छ।महोत्सब मा पाल्पा घर भई विभिन्न क्षेत्रका उच्च  ओहोदामा  पुगेका महानुभाब हरुलाई अतिथि को रुपमा निमन्त्रणा गरिने छ।

संगमले सम्पूर्ण पाल्पा बाट काठमाडौँ लगाएत आसपासमा बसोबास गर्ने सम्पूर्ण पाल्पाली हरुलाई उक्त महोत्सब मा निमन्त्रणा दिदै अवलोकन को आवहान गरेको छ। 

advertisement_1760855394.gif