शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

पाल्‍पामा अर्को दुर्घटना; पाल्पामा भ्यान दुर्घटना हुँदा ५ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ कार्तिक, २०८०

पाल्‍पामा अर्को दुर्घटना; पाल्पामा भ्यान दुर्घटना हुँदा ५ जना घाइते

बुटवल । पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्रा–मपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी घाइतेहुनेहरूमा रम्भा–४, रमाईडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही स्थानका २७ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कवरमगर, १९ वर्षका मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू गम्भीर घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था सामान्य रहेको पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार भ्‍यान सडकबाट २०० मिटर तल खसेको बताईएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg