आईतवार, १० कार्तिक, २०८२

पाल्पामा भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २७ जेष्ठ, २०८२

पाल्पामा भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

२७ जेठ २०८२, पाल्‍पा । भतिजाको हत्या गरी फरार रहेका काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा माथागढी–१, का चिदीपानीका ५७ वर्षीय सन्तबहादुर सार्की रहेका छन् । उनी १४ वर्षपछि पक्राउ परेका हुन् ।

आफ्नै भतिजा १८ वर्षीय रनवीर नेपालीको हत्या गरी सार्की फरार भएका थिए । भतिजाको हत्या गरी उनी भारतको नयाँदिल्ली हरियाना क्षेत्रमा लुकीछिपी बस्दै आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । वि.स. २०६८ कात्तिक १८ गते राति ११ बजे भतिजाको हत्या गरेको प्रहरीले जनाएको छ । घरायासी विवाद हुँदा काकाले चक्कु प्रहार गरेर भतिजाको हत्या गरेको प्रहरीले जनाएको छ ।

रुपन्देही जिल्लाको सिद्दार्थ नगरपालिका–१, बेलहियाबाट सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका काका कान्छी श्रीमती छोराछोरीसहित भारतको हरियाणा क्षेत्रमा लुकेर बस्दै आएका थिए ।

advertisement_1676551537.gif